नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन ढिला नगर्न प्रधानमन्त्री समक्ष लगानीकर्ताको आग्रह

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन ढिला नगर्न प्रधानमन्त्री समक्ष लगानीकर्ताको आग्रह : Icon Khabar

काठमाडौं, जेठ ४ । लगानीकर्ताले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन ढिला नगर्न आग्रह गरेका छन् ।

लगानीकर्ताले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको काम चाँडो पूरा गर्न आग्रह गरेका छन् ।

त्यसैगरी शेयर कर्जाको सीमा १२ करोड फिर्ता गर्न, कर्जाको जोखिमको बोझ शतप्रतिशतमा घटाउन र लगानीकर्तालाई दुई भागमा विभाजन गरी पुँजीगत लाभकर असुल गर्न समेत आग्रह गरेका छन् ।

अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउन लगानीकर्ताले आग्रह गरेका छन् । ब्याजदरका कारण लगानीकर्ता निरुत्साहित भएकाले यसलाई पुनरावलोकन गरी एक अंकमा झार्नुपर्ने उनीहरुको माग छ ।

यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजार सुधार गर्न नयाँ ब्रोकर, स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज आदिका लागि इजाजतपत्र प्रक्रिया अगाडि बढाएको थियो ।

निवेदन बन्द गरी मूल्याङ्कन प्रक्रिया सुरु भएसँगै प्रधानमन्त्री दाहालको आदेशमा स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ भने ब्रोकरको लाइसेन्स प्रक्रियामा पनि छेडछाड गर्ने प्रयास भइरहेको लगानीकर्ताको आरोप छ ।

स्टक एक्सचेन्ज लाइसेन्स प्रक्रियामा हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज गरी तीन कम्पनीले नेपालको अधिकांश व्यवसायी समूहको सहभागितामा आवेदन दिएका थिए ।

आफूले पेश गरेका व्यापार योजनाको मूल्याङ्कन सुरु भई अंक दिएपछि प्रधानमन्त्रीले केही स्वार्थी समूहको दबाबमा लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको लगानीकर्ताको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2023






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न