नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन ढिला नगर्न प्रधानमन्त्री समक्ष लगानीकर्ताको आग्रह

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन ढिला नगर्न प्रधानमन्त्री समक्ष लगानीकर्ताको आग्रह : Icon Khabar

काठमाडौं, जेठ ४ । लगानीकर्ताले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन ढिला नगर्न आग्रह गरेका छन् ।

लगानीकर्ताले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको काम चाँडो पूरा गर्न आग्रह गरेका छन् ।

त्यसैगरी शेयर कर्जाको सीमा १२ करोड फिर्ता गर्न, कर्जाको जोखिमको बोझ शतप्रतिशतमा घटाउन र लगानीकर्तालाई दुई भागमा विभाजन गरी पुँजीगत लाभकर असुल गर्न समेत आग्रह गरेका छन् ।

अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउन लगानीकर्ताले आग्रह गरेका छन् । ब्याजदरका कारण लगानीकर्ता निरुत्साहित भएकाले यसलाई पुनरावलोकन गरी एक अंकमा झार्नुपर्ने उनीहरुको माग छ ।

यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजार सुधार गर्न नयाँ ब्रोकर, स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज आदिका लागि इजाजतपत्र प्रक्रिया अगाडि बढाएको थियो ।

निवेदन बन्द गरी मूल्याङ्कन प्रक्रिया सुरु भएसँगै प्रधानमन्त्री दाहालको आदेशमा स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ भने ब्रोकरको लाइसेन्स प्रक्रियामा पनि छेडछाड गर्ने प्रयास भइरहेको लगानीकर्ताको आरोप छ ।

स्टक एक्सचेन्ज लाइसेन्स प्रक्रियामा हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज गरी तीन कम्पनीले नेपालको अधिकांश व्यवसायी समूहको सहभागितामा आवेदन दिएका थिए ।

आफूले पेश गरेका व्यापार योजनाको मूल्याङ्कन सुरु भई अंक दिएपछि प्रधानमन्त्रीले केही स्वार्थी समूहको दबाबमा लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको लगानीकर्ताको दाबी छ।

Published Date: 18 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु