बलिउडमा कम उमेरमै ज्यान गुमाएका अभिनेत्री को को हुन् ?

बलिउडमा कम उमेरमै ज्यान गुमाएका अभिनेत्री को को हुन् ? : Icon Khabar

मुम्बई, वैशाख २६ । बलिउडमा आफ्नो परिचय बनाउनका लागि विभिन्न संघर्ष गर्ने कलाकारहरु कति सफल भए त कति असफलत । कतिले बलिउडमा अभिनयबाटै आफ्नो परिचय बनाए भने कतिले केहि फिल्ममा काम गरेर आफुले सोचे जस्तो सफलता नपाएपछि भिन्दै व्यवसायमा आफ्नो परिचय बनाए ।

यद्यपि, बलिउडमा त्यस्ता केहि अभिनेत्रीहरु पनि थिए, जसले अभिनयमार्फत नै आफ्नो परिचय बनाउन त सफल भए तर लामो समय बलिउडमा काम गरिराख्न पाएनन् । बलिउडमा परिचय त बनाए, तर कम उमेरमै ज्यान गुमाएका अभिनेत्री को को हुन् ?

तरुणी सचदेव

सरना गर्ल तरुणी सचदेवले १४ वर्षको उमेरमा नै दुर्घटनामा परेर ज्यान गुमाएकी थिइन् । सन् २०१२ को मे १४ मा भएको नेपालमै भएको अग्नि एयरको फ्लाइट सीएचटी विमान दुर्घटनामा तरुणी सचदेवको निधन भएको हो । उनी भारतबाट नेपालको जोेमसोम घुम्नका लागि आएकी थिइन् ।

मीना कुमारी

एक जमानाकी क्वीन उपाधिले परिचित अभिनेत्री मीना कुमारीको निधन ३८ वर्षको उमेरमा भएको थियो । उनको निधनको कारण भने उनको लिभरमा सोराइसिसको समस्या थियो । यहि कारणले गर्दा उनको निधन १९७२ मार्च ३१ मा भएको थियो ।

स्मिता पाटिल

नेशनल अवार्ड विनर स्मिता पाटिलको निधन ३० वर्षको कलिलो उमेरमा भएको थियो । उनको निधन सन् १९८६ मा भएको हो । अभिनेता राज बब्बरकी श्रीमतीसमेत रहेकी पाटिलको निधन लामो समयदेखि लड्दै आएको रोगको कारण भएको थियो ।

दिव्या भारती

छोटो समयमा नै करोडौं दर्शकको मन जित्न सफल अभिनेत्री दिव्या भारतीको निधन १९ वर्षको कलिलो उमेरमा नै भएको थियो । उनको निधन १९९३ को अप्रिल ५ मा भएको हो । उनले आफ्नै भवनबाट हामफालेर आत्महत्या गरेकी थिइन् । यद्यपि उनको मृत्यु आत्महत्याबाट भएको हो अथवा कसैले धक्का दिँदा भएको हो भन्ने रहस्य अझै रहस्य नै रहेको छ ।

जिया खान

आादित्य पाञ्चोलीका छोरा सुरज पाञ्चोलीसंग प्रेम सम्बन्ध समाप्त भएपछि जियाले आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । बलिउडमा संघर्षरत जियाले २५ वर्षको कलिलो उमेरमा आत्महत्या गरेकी थिइन् । उनले २०१३ को जून ३ मा आत्महत्या गरेकी थिइन् ।

सौन्दर्या

फिल्म सूर्यवंशीमा अमिताभ बच्चनकी अभिनेत्रीको रुपमा देखिएकी सौन्दर्याको ३२ वर्षको उमेरमा निधन भएको हो । उनको निधन हेलिकप्टर क्य्रास भएर भएको हो ।

आरती अग्रवाल

दक्षिण भारतीय फिल्म उद्योगकी लोकप्रिय अभिनेत्री आरती अग्रवालको ३१ वर्षको उमेरमा निधन भएको थियो । साउथका विभिन्न फिल्ममा कुशल अभिनय र आफ्नो सुन्दरताले लाखौँ दर्शकको मनमा बस्न सफल यी अभिनेत्रीको हृदयघातका कारण मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2023
Website | + posts




ताजा
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने