प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई भेट्न बोलाए

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई भेट्न बोलाए : Icon Khabar

काठमाडौं, वैशाख २६ । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री दाहालको आह्वानमा शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।

नेताहरुबीचको भेटवार्ताको विषय भने सार्वजनिक गरिएको छैन । नक्कली भुटानी शरणार्थी घोटाला प्रकरणमा राजनीतिक दल र तिनका शीर्ष नेताको नाम आउन थालेपछि राजनीतिक वृत्तमा तरंग सिर्जना भएको छ । यसैबीच, पार्टी नेताको अचानक भएको भेट सार्थक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने