प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई भेट्न बोलाए

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई भेट्न बोलाए : Icon Khabar

काठमाडौं, वैशाख २६ । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री दाहालको आह्वानमा शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।

नेताहरुबीचको भेटवार्ताको विषय भने सार्वजनिक गरिएको छैन । नक्कली भुटानी शरणार्थी घोटाला प्रकरणमा राजनीतिक दल र तिनका शीर्ष नेताको नाम आउन थालेपछि राजनीतिक वृत्तमा तरंग सिर्जना भएको छ । यसैबीच, पार्टी नेताको अचानक भएको भेट सार्थक देखिएको छ ।

Published Date: 09 May 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न