मेस्सी र अर्जेन्टिनालाई लाउरेस अवार्ड

मेस्सी र अर्जेन्टिनालाई लाउरेस अवार्ड : Icon Khabar

काठमाडौं, वैशाख २६ । लियोनेल मेस्सी र विश्वकप विजेता अर्जेन्टिनाले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्सम्यान र टिम अफ द इयरको अवार्ड जितेका छन् ।

गत नोभेम्वर र डिसेम्वरमा भएको विश्वकपको उपाधि जिताएका अर्जेन्टिनाको कप्तान समेत रहेका मेस्सीप्ले विश्वकप भर ७ गोल र गोल्डेन बल जित्न सफल भएका थिए । मेस्सी एक वर्ष टिम र व्यक्तिगत अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनका फरवार्ड ३५ वर्षीय मेस्सीले भने, ‘यो विशेष सम्मान हो । म राष्ट्रिय टोलीबाट मात्र नभई पिएसजीका मेरा सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । मैले एक्लै यो कुनै पनि हासिल गरेको छैन र म उनीहरूसँग सबै कुरा साझा गर्न सक्षम भएकोमा कृतज्ञ छु ।’

निर्धारित र थप गरिएको समयमा ३–३ को बराबरी भएपछि अअर्जेन्टिनाले २०१८ को च्याम्पियन फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै तेस्रोपटक विश्व च्याम्पियन बन्न सफल भएको थियो ।

उनीहरूले इङ्ल्यान्डको युरो २०२२ जित्ने लियोनेसेस, पुरुष च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड र फ्रान्सको पुरुष सिक्स नेसन्स च्याम्पियनलाई हराएर अवार्ड जितेका थिए।

Published Date: 09 May 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली