मेस्सी र अर्जेन्टिनालाई लाउरेस अवार्ड

मेस्सी र अर्जेन्टिनालाई लाउरेस अवार्ड : Icon Khabar

काठमाडौं, वैशाख २६ । लियोनेल मेस्सी र विश्वकप विजेता अर्जेन्टिनाले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्सम्यान र टिम अफ द इयरको अवार्ड जितेका छन् ।

गत नोभेम्वर र डिसेम्वरमा भएको विश्वकपको उपाधि जिताएका अर्जेन्टिनाको कप्तान समेत रहेका मेस्सीप्ले विश्वकप भर ७ गोल र गोल्डेन बल जित्न सफल भएका थिए । मेस्सी एक वर्ष टिम र व्यक्तिगत अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनका फरवार्ड ३५ वर्षीय मेस्सीले भने, ‘यो विशेष सम्मान हो । म राष्ट्रिय टोलीबाट मात्र नभई पिएसजीका मेरा सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । मैले एक्लै यो कुनै पनि हासिल गरेको छैन र म उनीहरूसँग सबै कुरा साझा गर्न सक्षम भएकोमा कृतज्ञ छु ।’

निर्धारित र थप गरिएको समयमा ३–३ को बराबरी भएपछि अअर्जेन्टिनाले २०१८ को च्याम्पियन फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै तेस्रोपटक विश्व च्याम्पियन बन्न सफल भएको थियो ।

उनीहरूले इङ्ल्यान्डको युरो २०२२ जित्ने लियोनेसेस, पुरुष च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड र फ्रान्सको पुरुष सिक्स नेसन्स च्याम्पियनलाई हराएर अवार्ड जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने