भक्तपुरमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी सम्पन्न

भक्तपुरमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख २४ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा शैबार सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी सम्पन्न भयो ।

गोष्ठीको उद्घाटन मन्तव्य राख्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सम्पत्ति शुद्धिकरण निवारण कडाइका साथ लागु भएको देशमा अर्थतन्त्र सुव्यवस्थित रहेको बताए । उनले आर्थिक कारोबार गर्ने सबै क्षेत्रमा सम्पत्ति शुद्धिकरण निवारण कडाइका साथ लागु पर्ने विचार राख्दै सम्पत्ती शुद्धिकरण निवारणको नाममा सहकारीमा व्यक्तिगत बचत सिमा तोक्न नहुने बताए।

नेपाल राष्ट्र बैंकका पुर्वनिर्देशक श्याम दाहालले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दे सहकारी संस्थाले सम्पत्ती शुद्धिकरण निवारण कार्यविधि, कार्यन्वयन अधिकारी तोक्नुपर्ने, सदस्य पहिचान, त्त्च्÷क्त्च् प्रतिवेदन गोएमएल मार्फत दिनुपर्ने कानुनी व्यवस्थाको बारेमा प्रष्ट पारे ।

उनले सम्पत्ति शुद्धिकरण निवारणको विषय पेचिलो बन्दै गएकोले राज्य ग्रे जोनमा पर्न सक्ने खतरालाई दृष्टिगत गरी २२ वटा कानुन संशोधनको लागि संसदमा प्रस्ताव पेश भइरहेको बताए।

गोष्ठीका सभापति हरि बल्लले सदस्यहरुको बचत सुरक्षाको लागि पनि सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठीको आयोजना गरेको बताए । उनले ऐन कानुन अनभिज्ञताका आधारमा दण्ड जरिवानाबाट छुट्कारा नपाइने भएकोले सहकारीमा कानुनी व्यवस्थाहरुहरुको परिपालना कडाइका साथ लागू पर्ने विचार राखे।

संघका व्यवस्थापक बालकृष्ण धोजुले गोष्ठीले सम्पत्ती शुद्धिकरण निवरणका व्यवस्थाहरु परिपालनाका समस्या समाधान गर्न गोष्ठिले टेवा पुर्याएको बताए । गोष्ठीमा सदस्य संस्थाहरुबाट ४५ जनाको सहभागिता रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति