काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार भोलिदेखि हटाउन सुरू गर्ने

काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार भोलिदेखि हटाउन सुरू गर्ने : Icon Khabar

काठमाडौं, वैशाख २४ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच सोमबारदेखि काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउने सहमति भएको छ ।

प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र कामपाका प्रतिनिधिबीच आइतबार भएको छलफलमा महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रमा जडिएका तारको गडबडी हटाउन अख्तियार र इन्टरनेट सेवा प्रदायक कम्पनी तयार रहेको बताएको हो ।

कामपाका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर र न्यूरोड क्षेत्रमा रहेका फोहोर तार हटाइनेछ ।

कामपाले अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायकलाई वैशाख २७ गतेभित्र १५ दिनको समय दिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरुद्ध हुन नदिन कामनपासहित देशभरका स्थानीय सरकारलाई तार नहटाउन परिपत्र जारी गरेको थियो । त्यसपछि महानगरले सम्बन्धित सरोकारवालालाई बोलाएर तारको गडबडी हटाउने विषयमा छलफल गरेको थियो ।

सम्बन्धित निकायले वैशाख २७ गतेसम्म तार नहटाए कामपा आफैंले तार हटाउने तयारी गरिरहेको लामिछानेले बताए । उनले भने, ‘तर, वार्ताका क्रममा भोलिदेखि तार हटाउन सरोकारवाला पक्ष सहमत भएका छन् ।

Published Date: 07 May 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर