काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार भोलिदेखि हटाउन सुरू गर्ने

काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार भोलिदेखि हटाउन सुरू गर्ने : Icon Khabar

काठमाडौं, वैशाख २४ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच सोमबारदेखि काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउने सहमति भएको छ ।

प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र कामपाका प्रतिनिधिबीच आइतबार भएको छलफलमा महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रमा जडिएका तारको गडबडी हटाउन अख्तियार र इन्टरनेट सेवा प्रदायक कम्पनी तयार रहेको बताएको हो ।

कामपाका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर र न्यूरोड क्षेत्रमा रहेका फोहोर तार हटाइनेछ ।

कामपाले अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायकलाई वैशाख २७ गतेभित्र १५ दिनको समय दिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरुद्ध हुन नदिन कामनपासहित देशभरका स्थानीय सरकारलाई तार नहटाउन परिपत्र जारी गरेको थियो । त्यसपछि महानगरले सम्बन्धित सरोकारवालालाई बोलाएर तारको गडबडी हटाउने विषयमा छलफल गरेको थियो ।

सम्बन्धित निकायले वैशाख २७ गतेसम्म तार नहटाए कामपा आफैंले तार हटाउने तयारी गरिरहेको लामिछानेले बताए । उनले भने, ‘तर, वार्ताका क्रममा भोलिदेखि तार हटाउन सरोकारवाला पक्ष सहमत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु