नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्यो

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्यो : Icon Khabar

काठमाडौं, वैशाख २४ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। बिहीबार करिब १३ अंक बढेर बन्द भएको नेप्से, आज १९.१२ अंक घटेर १८५०.६२ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ इण्डेक्स १.०१ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २६३ स्टकको २३ हजार ५१ पटकको कारोबारमा ६० करोड ८१ लाख रुपैयाँ बराबरको २० लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.२२ प्रतिशत बढेको छ भने एनएमबि बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ८.८३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। अन्य स्टकहरुको कारोबार रकम भने २ करोडभन्दा कम रहेको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटेको छ। त्यसैगरी, आज विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 07 May 2023


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली