महानगरपालिकाले सडक छेउमा पार्किङ गर्न नदिने निर्णय गरेपछि ट्याक्सी चालक आन्दोलित

महानगरपालिकाले सडक छेउमा पार्किङ गर्न नदिने निर्णय गरेपछि ट्याक्सी चालक आन्दोलित : Icon Khabar

काठमाडौं, वैशाख २४ । काठमाडौं महानगरपालिकाले सडक छेउमा पार्किङ गर्न नदिने निर्णय गरेपछि ट्याक्सी चालकले आन्दोलन गरेका छन् । उनीहरुले सडकमा पार्किङ बोर्ड र ट्याक्सी पार्क गरेर विरोध प्रदर्शन गरेका थिए ।

प्रहरीले ट्याक्सी चालकले राखेको स्ट्याण्ड हटाउन खोज्दा प्रहरी र आन्दोलनकारी ट्याक्सी चालकबीच केहीबेर झडप भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले बल प्रयोग गर्न खोजेपछि ट्याक्सी चालकले सडकको बीचमा मैतीदेवी चोकमा एक घण्टासम्म ट्याक्सी राखेका थिए । त्यसैगरी मैतीदेवीको एउटै स्थानमा २५ वटा ट्याक्सी पार्क गरेर सवारी आवागमन ठप्प पारेको छ । एक घण्टा सडक अवरुद्ध गरेपछि ट्राफिक प्रहरीसहित पाँच ट्याक्सी चालक वार्ताका लागि महानगर पुगेका थिए ।

यसैबीच महानगरपालिकाले ट्याक्सी चालकले अनाधिकृत रुपमा ट्याक्सी पार्किङ गरेर समस्या सिर्जना गरेको बताएको छ । ‘पार्किङ गर्न नपाइने ठाउँमा बोर्ड हटाएका थियौँ तर अहिले सुन्धारा, मैतीदेवीलगायत ठाउँमा पार्किङ बोर्ड राखेर ट्याक्सी पार्किङ गरिरहेका छन्,’ कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

महानगरले उचित छलफल नगरी अनाधिकृत बोर्ड राख्ने ट्याक्सी चालकलाई सम्बन्धित वडा कार्यालय र ट्राफिक प्रहरीसँग छलफल गरी कारबाही गर्ने उनले बताए ।

Published Date: 07 May 2023


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली