महानगरपालिकाले सडक छेउमा पार्किङ गर्न नदिने निर्णय गरेपछि ट्याक्सी चालक आन्दोलित

महानगरपालिकाले सडक छेउमा पार्किङ गर्न नदिने निर्णय गरेपछि ट्याक्सी चालक आन्दोलित : Icon Khabar

काठमाडौं, वैशाख २४ । काठमाडौं महानगरपालिकाले सडक छेउमा पार्किङ गर्न नदिने निर्णय गरेपछि ट्याक्सी चालकले आन्दोलन गरेका छन् । उनीहरुले सडकमा पार्किङ बोर्ड र ट्याक्सी पार्क गरेर विरोध प्रदर्शन गरेका थिए ।

प्रहरीले ट्याक्सी चालकले राखेको स्ट्याण्ड हटाउन खोज्दा प्रहरी र आन्दोलनकारी ट्याक्सी चालकबीच केहीबेर झडप भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले बल प्रयोग गर्न खोजेपछि ट्याक्सी चालकले सडकको बीचमा मैतीदेवी चोकमा एक घण्टासम्म ट्याक्सी राखेका थिए । त्यसैगरी मैतीदेवीको एउटै स्थानमा २५ वटा ट्याक्सी पार्क गरेर सवारी आवागमन ठप्प पारेको छ । एक घण्टा सडक अवरुद्ध गरेपछि ट्राफिक प्रहरीसहित पाँच ट्याक्सी चालक वार्ताका लागि महानगर पुगेका थिए ।

यसैबीच महानगरपालिकाले ट्याक्सी चालकले अनाधिकृत रुपमा ट्याक्सी पार्किङ गरेर समस्या सिर्जना गरेको बताएको छ । ‘पार्किङ गर्न नपाइने ठाउँमा बोर्ड हटाएका थियौँ तर अहिले सुन्धारा, मैतीदेवीलगायत ठाउँमा पार्किङ बोर्ड राखेर ट्याक्सी पार्किङ गरिरहेका छन्,’ कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

महानगरले उचित छलफल नगरी अनाधिकृत बोर्ड राख्ने ट्याक्सी चालकलाई सम्बन्धित वडा कार्यालय र ट्राफिक प्रहरीसँग छलफल गरी कारबाही गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु