सिम्रिक एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध

सिम्रिक एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध : Icon Khabar

काठमाडौं, वैशाख २४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ ।

शुक्रबार संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर प्राधिकरणले कम्पनीका अन्य हेलिकप्टर उडानमा रोक लगाएको छ ।

प्राधिकरणले अर्को सूचना नभएसम्मका लागि कम्पनीका सबै हेलिकप्टर उडानमा रोक लगाएको जनाएको छ । अन्य हेलिकप्टरको निरीक्षण र कम्पनीको लेखा परीक्षण नभएसम्म उडान नहुने जानकारी दिएको छ ।

शुक्रबार भोटखोला गाउँपालिका–४ हम्मारेडाँडामा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । हेलिकप्टरले माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेको थियो ।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, सहायक कप्तान मनोज थापा, छिरिङ भोटे र नेपाल विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका छन् भने भविन गुरुङको मृत्यु भएको छ ।

Published Date: 07 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय