सिम्रिक एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध

सिम्रिक एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध : Icon Khabar

काठमाडौं, वैशाख २४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ ।

शुक्रबार संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर प्राधिकरणले कम्पनीका अन्य हेलिकप्टर उडानमा रोक लगाएको छ ।

प्राधिकरणले अर्को सूचना नभएसम्मका लागि कम्पनीका सबै हेलिकप्टर उडानमा रोक लगाएको जनाएको छ । अन्य हेलिकप्टरको निरीक्षण र कम्पनीको लेखा परीक्षण नभएसम्म उडान नहुने जानकारी दिएको छ ।

शुक्रबार भोटखोला गाउँपालिका–४ हम्मारेडाँडामा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । हेलिकप्टरले माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेको थियो ।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, सहायक कप्तान मनोज थापा, छिरिङ भोटे र नेपाल विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका छन् भने भविन गुरुङको मृत्यु भएको छ ।

Published Date: 07 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक