नक्कली शरणार्थी घोटालामा संलग्न कसैलाई पनि छाडिने छैन : प्रधानमन्त्री दाहाल

नक्कली शरणार्थी घोटालामा संलग्न कसैलाई पनि छाडिने छैन : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शरणार्थी घोटालामा संलग्न कसैलाई पनि नछाड्ने दृढता व्यक्त गरेका छन् । उनले कुनै पनि तर्फबाट दबाब नदिने र दोषीलाई कानुनी कठघरामा ल्याइने बताए ।

आज सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले नक्कली शरणार्थी घोटालामा पार्टीका वरिष्ठ नेताविरुद्ध भइरहेको अनुसन्धानमा एमाले अध्यक्ष ओलीले चासो देखाएको बताए । ‘अनुसन्धान प्रक्रिया कानुनबमोजिम अघि बढ्छ, रोकिने छैन, दृढ संकल्पका साथ अगाडि बढ्छौं,’ उनले भने ।

प्रधानमन्त्रीले कोही निर्दोषलाई कारबाही नहोस् र दोषीलाई छुट दिनु हुँदैन भन्ने विश्वासका साथ सरकारले काम गरिरहेको बताए ।

Published Date: 06 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक