नक्कली शरणार्थी घोटालामा संलग्न कसैलाई पनि छाडिने छैन : प्रधानमन्त्री दाहाल

नक्कली शरणार्थी घोटालामा संलग्न कसैलाई पनि छाडिने छैन : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शरणार्थी घोटालामा संलग्न कसैलाई पनि नछाड्ने दृढता व्यक्त गरेका छन् । उनले कुनै पनि तर्फबाट दबाब नदिने र दोषीलाई कानुनी कठघरामा ल्याइने बताए ।

आज सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले नक्कली शरणार्थी घोटालामा पार्टीका वरिष्ठ नेताविरुद्ध भइरहेको अनुसन्धानमा एमाले अध्यक्ष ओलीले चासो देखाएको बताए । ‘अनुसन्धान प्रक्रिया कानुनबमोजिम अघि बढ्छ, रोकिने छैन, दृढ संकल्पका साथ अगाडि बढ्छौं,’ उनले भने ।

प्रधानमन्त्रीले कोही निर्दोषलाई कारबाही नहोस् र दोषीलाई छुट दिनु हुँदैन भन्ने विश्वासका साथ सरकारले काम गरिरहेको बताए ।

Published Date: 06 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय