विनय र मन्जुलाई स्वर्ण

विनय र मन्जुलाई स्वर्ण : Icon Khabar

काठमाडौं, बैशाख २३ । विनय सिंह र मन्जु विकले २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा विनय तथा महिलामा मन्जु पहिलो भएका हुन् । दुवै नेपाल आर्मीका खेलाडी हुन् ।

नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विनयले क्योकुसिन कानका सन्तोष विश्वकर्मालाई पराजित गरे । क्योकुसिनकानका रविन्द्र बुढाथोकी तेश्रो तथा रानीपोखरीका होमबहादुर राई चौथो भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा मन्जुले आर्मीकै अनुपा नेपालीलाई हराइन् । आर्मीकी सपना आले मगर तेश्रो तथा रानीपोखरीकी अनिशा तामाङ चौथो स्थानमा रहे ।

महिला ५० केजीमुनि बुदोकैदोकी उषा रावल पहिलो भइन् । उषाले फाइनलमा क्योकुसिन वज्रकी आशा गिरीको चुनौती पन्छाइन् । केडब्लुडब्लुकी सिवानी आले मगर तेश्रो तथा क्योकुसिन वज्रकी स्वस्तिका थारु चौथो बने ।

विजेतालाई पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान, आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचन, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान  गरे ।

Published Date: 06 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय