विनय र मन्जुलाई स्वर्ण

विनय र मन्जुलाई स्वर्ण : Icon Khabar

काठमाडौं, बैशाख २३ । विनय सिंह र मन्जु विकले २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा विनय तथा महिलामा मन्जु पहिलो भएका हुन् । दुवै नेपाल आर्मीका खेलाडी हुन् ।

नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विनयले क्योकुसिन कानका सन्तोष विश्वकर्मालाई पराजित गरे । क्योकुसिनकानका रविन्द्र बुढाथोकी तेश्रो तथा रानीपोखरीका होमबहादुर राई चौथो भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा मन्जुले आर्मीकै अनुपा नेपालीलाई हराइन् । आर्मीकी सपना आले मगर तेश्रो तथा रानीपोखरीकी अनिशा तामाङ चौथो स्थानमा रहे ।

महिला ५० केजीमुनि बुदोकैदोकी उषा रावल पहिलो भइन् । उषाले फाइनलमा क्योकुसिन वज्रकी आशा गिरीको चुनौती पन्छाइन् । केडब्लुडब्लुकी सिवानी आले मगर तेश्रो तथा क्योकुसिन वज्रकी स्वस्तिका थारु चौथो बने ।

विजेतालाई पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान, आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचन, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान  गरे ।

Published Date: 06 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक