रियल म्याड्रिड ९ वर्षपछि कोपा डेल रे च्याम्पियन

रियल म्याड्रिड ९ वर्षपछि कोपा डेल रे च्याम्पियन : Icon Khabar

काठमाडौं, वैशाख २४ । ला लिगा प्रतिद्धन्द्धी ओसासुनालाई पराजित गर्दै रियल म्याडिङ ९ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।

सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल सन् २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो । कोपा डेल रेमा रियल समग्रमा २०औं पटक च्याम्पियन बनेको हो ।

रियललाई उपाधि जिताउन ब्राजिली यवा विंगर रोड्रिगोले दुवै गोल गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए । खेलको १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

उनले अर्का ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए । कोपा डेल रेको फाइनलको इतिहासमा १७ वर्षअघि यति छिटो गोल भएको थियो ।

८औं मिनेटमा लुकास टोरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाएर च्याम्पियन बनाए । रियलसँगको हारसँगै ओसासुना क्लबको १०३ वर्षको इतिहासमा पहिलो उपाधिबाट वञ्चित बन्यो ।

Published Date: 07 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक