रियल म्याड्रिड ९ वर्षपछि कोपा डेल रे च्याम्पियन

रियल म्याड्रिड ९ वर्षपछि कोपा डेल रे च्याम्पियन : Icon Khabar

काठमाडौं, वैशाख २४ । ला लिगा प्रतिद्धन्द्धी ओसासुनालाई पराजित गर्दै रियल म्याडिङ ९ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।

सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल सन् २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो । कोपा डेल रेमा रियल समग्रमा २०औं पटक च्याम्पियन बनेको हो ।

रियललाई उपाधि जिताउन ब्राजिली यवा विंगर रोड्रिगोले दुवै गोल गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए । खेलको १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

उनले अर्का ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए । कोपा डेल रेको फाइनलको इतिहासमा १७ वर्षअघि यति छिटो गोल भएको थियो ।

८औं मिनेटमा लुकास टोरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाएर च्याम्पियन बनाए । रियलसँगको हारसँगै ओसासुना क्लबको १०३ वर्षको इतिहासमा पहिलो उपाधिबाट वञ्चित बन्यो ।

Published Date: 07 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय