राम्रोसँग नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न यातायातमन्त्री ज्वालाको निर्देशन

राम्रोसँग नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न यातायातमन्त्री ज्वालाको निर्देशन : Icon Khabar

काठमाडौं, वैशाख २३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेटौना–विराटनगर सडकखण्डको काम राम्रोसँग नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी निर्माण कम्पनीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् । उनले मातहतका निकायलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिए ।

बेटौनादेखि विराटनगरसम्मको १८ किलोमिटर सडक निर्माणको काम एक महिनादेखि ठप्प छ । निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्र पठाएको थियो । तत्काल निर्माण सम्पन्न गरी काम अघि नबढाउने निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली र ठेक्का सम्झौता बमोजिम कारबाही गरिने छ ।

हुलाकी राजमार्गको उक्त खण्डको निर्माण कार्यमा विगतदेखि जनप्रतिनिधिले चासो देखाउँदै आएका छन् । अब निर्माण कम्पनीले काम रोकेपछि शुक्रबार संघीय संसदका सदस्य, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेका छन् ।

हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत इटहरी योजनाको दायरामा झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला छन् । जम्माको ४४ किलोमिटर खण्डमा भएका पाँच ठेक्कामध्ये हालसम्म २० किलोमिटर सडक कालोपत्र भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने