राम्रोसँग नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न यातायातमन्त्री ज्वालाको निर्देशन

राम्रोसँग नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न यातायातमन्त्री ज्वालाको निर्देशन : Icon Khabar

काठमाडौं, वैशाख २३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेटौना–विराटनगर सडकखण्डको काम राम्रोसँग नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी निर्माण कम्पनीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् । उनले मातहतका निकायलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिए ।

बेटौनादेखि विराटनगरसम्मको १८ किलोमिटर सडक निर्माणको काम एक महिनादेखि ठप्प छ । निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्र पठाएको थियो । तत्काल निर्माण सम्पन्न गरी काम अघि नबढाउने निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली र ठेक्का सम्झौता बमोजिम कारबाही गरिने छ ।

हुलाकी राजमार्गको उक्त खण्डको निर्माण कार्यमा विगतदेखि जनप्रतिनिधिले चासो देखाउँदै आएका छन् । अब निर्माण कम्पनीले काम रोकेपछि शुक्रबार संघीय संसदका सदस्य, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेका छन् ।

हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत इटहरी योजनाको दायरामा झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला छन् । जम्माको ४४ किलोमिटर खण्डमा भएका पाँच ठेक्कामध्ये हालसम्म २० किलोमिटर सडक कालोपत्र भएको छ ।

Published Date: 06 May 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु