‘क्लबको अनुमतिविना साउदी जानु गलत’ – मेस्सी

‘क्लबको अनुमतिविना साउदी जानु गलत’ – मेस्सी : Icon Khabar

काठमाडौं, बैशाख २३ । अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गर्नु गल्ती रहेको भन्दै माफी मागेका छन् ।

मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी भ्रमण गरेको भन्दै दुई साताको निलम्वन गरिसकेको छ । क्लबले दुई साताको निलम्वन गरेपछि मेस्सीले क्लब र क्लबका सहयात्रीसँग क्लबको अनुमतिविनै साउदी भ्रमण गर्नु गल्ती रहेको भन्दै माफी मागेको बताइएको छ ।

साउदी भ्रमण लगत्तै गत साताको आइतबार लोरिएन्टसँग ३–१ ले पराजित भएको खेलमा मेस्सीले पुरै समय खेलेपनि आशातित प्रदर्शन गर्न सकेको थिएन ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबले के निर्णय गर्छ त्यो हेर्न म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक सोचे कि हामीले खेल पछिको दिन बिदा लिनेछौं जुन अघिल्लो हप्ताहरूमा भएको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले रद्ध गरिसकेको थिए । तर, यसपटक सकिन ।’

पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारी छ । क्लबलाई जरिवानासमेत तिरेका ३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् ।

Published Date: 06 May 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु