‘क्लबको अनुमतिविना साउदी जानु गलत’ – मेस्सी

‘क्लबको अनुमतिविना साउदी जानु गलत’ – मेस्सी : Icon Khabar

काठमाडौं, बैशाख २३ । अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गर्नु गल्ती रहेको भन्दै माफी मागेका छन् ।

मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी भ्रमण गरेको भन्दै दुई साताको निलम्वन गरिसकेको छ । क्लबले दुई साताको निलम्वन गरेपछि मेस्सीले क्लब र क्लबका सहयात्रीसँग क्लबको अनुमतिविनै साउदी भ्रमण गर्नु गल्ती रहेको भन्दै माफी मागेको बताइएको छ ।

साउदी भ्रमण लगत्तै गत साताको आइतबार लोरिएन्टसँग ३–१ ले पराजित भएको खेलमा मेस्सीले पुरै समय खेलेपनि आशातित प्रदर्शन गर्न सकेको थिएन ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबले के निर्णय गर्छ त्यो हेर्न म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक सोचे कि हामीले खेल पछिको दिन बिदा लिनेछौं जुन अघिल्लो हप्ताहरूमा भएको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले रद्ध गरिसकेको थिए । तर, यसपटक सकिन ।’

पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारी छ । क्लबलाई जरिवानासमेत तिरेका ३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 May 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)