राजस्थानलाई हराउँदै गुजरात प्लेअफ नजिक

राजस्थानलाई हराउँदै गुजरात प्लेअफ नजिक : Icon Khabar

काठमाडौं, बैशाख २३ । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को ४८ औं खेलमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । सातौं जितका साथ अंक तालिकामा शीर्ष स्थानमा कायमै रहँदै प्लेअफ नजिक पुगेको हो ।

जितको लागि १ सय १९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको गुजरातले १३.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा हार्दिक पान्ड्या १५ बलमा ३ चौका र ३ छक्कासहित ३९ रनमा अविजित रहे ।

ओपनर शुभमन गिल ३५ बलमा ६ चौकासहित ३६ रनमा आउट भए । ओपनर ऋद्धिमान शाह ३४ बलमा ५ चौकासहित ४१ रनमा अविजित रहे । राजस्थानका युजभेन्द्र चहलले ३.५ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थान १७.५ ओभरमा १ सय १८ रनमा अल आउट भयो । राजस्थानका कप्तान सञ्जु स्यामसनले २०बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाए । ओपनर यशस्वी जैसवाल १४, जस बटलर ८, देवदत्त पाडिक्कल १२, शिम्रन हेटमायर ७ र ट्रेन्ट बोल्ट १५ रनमा आउट भए ।

गुजरातका राशिद खानले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । नुर अहमदले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, हार्दिक पान्ड्या र जोशुवा लिटिलले समान एक विकेट लिए ।

गुजरात १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंकका साथ शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ५ मा जित र ४ मा हारसहित ११ अंकका साथ दोस्रो स्थानमा छ । समान खेल र नतिजाका साथ ११ अंक भएपनि नेटरनरेटको कारण चेन्नई तेस्रो स्थानमा छ ।

राजस्थान रोयल्स १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंक जोड्दै चौथो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सको ९ खेलमा १० अंक भएपनि नेटरनरेटका कारण पाँचौं र छैटौं स्थानमा छन् ।

Published Date: 06 May 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु