राजस्थानलाई हराउँदै गुजरात प्लेअफ नजिक

राजस्थानलाई हराउँदै गुजरात प्लेअफ नजिक : Icon Khabar

काठमाडौं, बैशाख २३ । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को ४८ औं खेलमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । सातौं जितका साथ अंक तालिकामा शीर्ष स्थानमा कायमै रहँदै प्लेअफ नजिक पुगेको हो ।

जितको लागि १ सय १९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको गुजरातले १३.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा हार्दिक पान्ड्या १५ बलमा ३ चौका र ३ छक्कासहित ३९ रनमा अविजित रहे ।

ओपनर शुभमन गिल ३५ बलमा ६ चौकासहित ३६ रनमा आउट भए । ओपनर ऋद्धिमान शाह ३४ बलमा ५ चौकासहित ४१ रनमा अविजित रहे । राजस्थानका युजभेन्द्र चहलले ३.५ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थान १७.५ ओभरमा १ सय १८ रनमा अल आउट भयो । राजस्थानका कप्तान सञ्जु स्यामसनले २०बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाए । ओपनर यशस्वी जैसवाल १४, जस बटलर ८, देवदत्त पाडिक्कल १२, शिम्रन हेटमायर ७ र ट्रेन्ट बोल्ट १५ रनमा आउट भए ।

गुजरातका राशिद खानले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । नुर अहमदले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, हार्दिक पान्ड्या र जोशुवा लिटिलले समान एक विकेट लिए ।

गुजरात १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंकका साथ शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ५ मा जित र ४ मा हारसहित ११ अंकका साथ दोस्रो स्थानमा छ । समान खेल र नतिजाका साथ ११ अंक भएपनि नेटरनरेटको कारण चेन्नई तेस्रो स्थानमा छ ।

राजस्थान रोयल्स १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंक जोड्दै चौथो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सको ९ खेलमा १० अंक भएपनि नेटरनरेटका कारण पाँचौं र छैटौं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 May 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)