मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत : Icon Khabar

काठमाडौं, बैशाख २२ । डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनित भएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाले रिजाललाई कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

रिजाल कांग्रेसको गत महाधिवेशनमा कोइराला समूहबाट महामन्त्री पदमा उम्मेदवार बनेका थिए । महामन्त्रीमा पराजित भएसँगै उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए ।

रिजालले महाधिवेशनको डेढवर्षपछि रिजाल बल्ल केन्द्रीय सदस्य मनोनित भएका हुन् ।

Published Date: 05 May 2023
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय