लक्जमवर्गका मन्त्री फ्रान्ज फायट भक्तपुर भ्रमणमा

लक्जमवर्गका मन्त्री फ्रान्ज फायट भक्तपुर भ्रमणमा : Icon Khabar

काठमाडौं, बैशाख २२ । मित्र राष्ट्र लक्जमवर्गका विकास, सहयोग तथा मानवीय मामिला मन्त्री महामहिम फ्रान्ज फायटलगायतका प्रतिनिधिमण्डलले शुक्रबार सांस्कृतिक नगर भक्तपुरको अवलोकन गरेको छ ।

मन्त्री फायटलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, खादा र भादगाउँले टोपीले भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गरेको थियो ।

तत्पश्चात मन्त्री फायटलगायतका प्रतिनिधिमण्डलले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका सम्पदाहरु सुन ध्वाका, भक्तपुर दरबार क्षेत्र, पोटरी स्क्वायर, टौमढीस्थित पाँचतल्ले मन्दिर, फसि देगः लगायतको अभिरुचिपूर्वक अवलोकन गरे ।

मन्त्री फायटले भक्तपुरले गरेको न्यानो स्वागतप्रति धन्यवादज्ञापन गर्दै भक्तपुरका सांस्कृतिक सम्पदाहरु आकर्षक रहेको बताए । अवलोकनपश्चात प्रमुख प्रजापतिले मन्त्री फायटलाई मयुरको झ्याल र नपाको फोटो पुस्तिका उपहार स्वरुप प्रदान गरेको थियो ।

भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, कार्यपालिका सदस्य, लक्जमवर्गका विकास, सहयोग तथा मानवीय मामिलाका निर्देशक क्रिश्टोफी स्किल्च, भारतका लागि लम्जेमबर्गका राजदूत पेगी फ्राटजेन, सिल्भी डोस सानतोस, जोइ हेन, अ‍ेने निकोलस, साल्भा काब्रास, नेपालका लागि लक्जेमवर्गका मानार्थ वाणिज्य दूत श्रीराम लामिछाने, कोअर्डिनेटर रमेश त्वायनालगायतको उपस्थिति रहेको थियो ।

Published Date: 05 May 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता