सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने : Icon Khabar

काठमाडौं, बैशाख २२ । सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको प्रतियोगितामा सहभागी हुन १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरिया प्रस्थान गर्दै छ । प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । नेपालको खेल मे १३ तारिखमा रहेको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, भारोत्तोलनका मुख्य प्रशिक्षक राम पौडेल, प्रशिक्षक, खेलाडीलगायतले शुक्रबार एक कार्यक्रमबीच त्रिपुरेश्वरमा बिदाइ गरे ।

Published Date: 05 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक