ग्रिल तथा स्टील ब्यवसायी महासंघ नेपालको कार्यक्रममा जगदम्बा स्टील्स लिमिटेडको फेब्रिकेटर्स रिवार्ड योजना घोषणा

ग्रिल तथा स्टील ब्यवसायी महासंघ नेपालको कार्यक्रममा जगदम्बा स्टील्स लिमिटेडको फेब्रिकेटर्स रिवार्ड योजना घोषणा : Icon Khabar

काठमाडौं, बैशाख २२ । जगदम्बा स्टील्स लिमिटेडसँगको साझेदारीमा ग्रिल तथा स्टिल फेब्रिकेटर्स महासंघ नेपालले आफ्नो २८औँ वार्षिक साधारण सभा र ९औँ राष्ट्रिय सम्मेलन तथा २९औं स्थापना दिवस सम्पन्न गरेको छ । २१ बैशाख २०८० बिहिबारका दिन भएको उक्त कार्यक्रमको उद्घाटन, प्रमुख अतिथि नेपालका सम्माननिय उपराष्ट्रपति श्री राम सहाय प्रसाद यादवद्वारा परम्परागत रुपमा दीप प्रज्वलन गरी सम्पन्न गरिएको थियो ।

उपराष्ट्रपतिका साथमा अन्य अरु विशिष्ट अतिथिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा महासंघका अध्यक्ष मोहन कटुवाल र जगदम्बा स्टील्सलिमिटेडका महाप्रबन्धक मनोज तिवारीले मुख्य मन्तव्य राख्दै नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको महत्व र यसको विकास र प्रवर्द्धनमा महासंघको भूमिकाबारे प्रकाश पारेका थिए ।

 कार्यक्रमले उद्योग विशेषज्ञ, व्यवसायी नेता र सरकारी अधिकारीहरुलाई एकसाथ आउन, विचारहरू आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्नका साथै  उद्योगले सामना गरिरहेका चुनौतीहरूको बारेमा छलफल गर्न उत्कृष्ट माहोल  प्रदान गरेको थियो । नेपालका उपराष्ट्रपति  राम सहाय प्रसाद यादवले नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको विकास र विकासमा महासंघ र यसका सदस्यहरूले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । जगदम्बा स्टिल्स लिमिटेडका महाप्रबन्धक मनोज तिवारीले यस कार्यक्रममा साझेदार बन्ने अवसर प्रदान गरेकोमा महासंघप्रति कृतज्ञता व्यक्त गर्दै उद्योगका सरोकारवालाहरूलाई एकसाथ ल्याउन र सहकार्य र सिकाइलाई बढावा दिन यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण  भुमिका रहेको कुरालाई प्रस्ट पारे ।

 महासंधको त्यस कार्यक्रमको अवसर पारेर जगदम्बा स्टील्सलिमिटेडले ग्याल्भाल्युम रं‌गीन जस्तापाता, जगदम्बा सुपर शाइन र जगदम्बा गाल्भा प्लसका लागि आफ्नो नयाँ अभियानफेब्रिकेटर्स रिवार्ड योजनासम्माननिय उपराष्ट्रपति द्वारासार्वजनिक गरेको छ । यस अभियान मार्फत जगदम्बा स्टील्सले आफ्नो ग्याल्भालुम रंगीन जस्तापातालाई आफ्नो परियोजनाहरूमा प्रयोग गर्ने  महासंघका सदस्य फयाव्रीकेटरहरूलाई रिवार्ड प्रदान गर्दै दुर्घटा बिमाका माध्यबाट उनीहरुको बिकासमा सहयोग र सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ । 

फयाव्रीकेटर्स रिवार्डयोजनाफ्याब्रिकेटर्सहरुलाई प्रोत्साहन गर्न र लाभ प्रदान गर्न तयार गरिएकोयोजनाहो । यसयोजनाअन्तर्गत जगदम्बा सुपरशाइन वा जगदम्बा गाल्भा प्लस् प्रति वर्ष ५ देखि १० टन किन्ने फ्याब्रिकेटर्सले प्रतिकिलोग्राम १ रुपैयाँ र प्रति वर्ष १० टन भन्दा बढी किन्नेले प्रतिकिलोग्राम १.५० रुपैयाँ प्राप्त गर्नेछन् जसमा  ५ लाख बराबरको एक वर्षको दुर्घटना बीमा पनि समावेश गरिनेछ । 

 समग्रमा, जगदम्बास्टील्सलिमिटेडसँगको साझेदारीमा ग्रिल एण्ड स्टिल फेब्रिकेटर्स नेपाल महासंघको २८औँ वार्षिक साधारण सभा र ९औँ राष्ट्रिय सम्मेलन तथा २९औँ स्थापना दिवस निक्कै भव्य र सफल रह्यो । कार्यक्रमले ज्ञान आदानप्रदान, सहकार्य प्रवर्द्धन र नेपालमा उद्योगको स्तरोन्‍नतिको बढावा दिने विषयका छलफल र कार्यहरु सम्पन्‍न गर्दै विकासको उत्सव मनाउने महत्वपूर्ण मञ्चको रूपमा आफुलाई स्थापित पनि गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2023
Website | + posts