रास्वपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने

रास्वपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने : Icon Khabar

काठमाडौं, वैशाख २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । यस विषयमा पार्टीको आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ।

दिउँसो बस्ने केन्द्रीय समितिको बैठकले वर्तमान सरकारलाई समर्थन गर्ने या फिर्ता लिने भन्ने कुरा टुङ्ग्याउने छ। यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।

Published Date: 05 May 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी