भारत र अन्य मुलुकबाट आयात हुने सबै तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न सर्वोच्चको आदेश

भारत र अन्य मुलुकबाट आयात हुने सबै तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, वैशाख २२ । सर्वोच्च अदालतले भारतलगायत अन्य मुलुकबाट आयात हुने सबै तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीश शुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले यस विषयमा चार बुँदे निर्देशनसहित यस्तो आदेश दिएको हो ।

त्यसैगरी, सर्वोच्चले भन्सार नाकामा प्रयोगशाला स्थापना गरी आयात हुने सबै तरकारी तथा फलफूलमा विषादीको स्तर परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

सर्वोच्चले यस्ता ल्याबलाई अन्तर्राष्ट्रिय स्तरका उपकरण र दक्ष जनशक्तिले लैजान सरकारलाई निर्देशन दिएको छ ।

त्यसैगरी, सर्वोच्चले विषादीको प्रयोगलाई नियमन गर्ने सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग तयारी गर्न माग गरेको छ ।

Published Date: 05 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु