भारत र अन्य मुलुकबाट आयात हुने सबै तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न सर्वोच्चको आदेश

भारत र अन्य मुलुकबाट आयात हुने सबै तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, वैशाख २२ । सर्वोच्च अदालतले भारतलगायत अन्य मुलुकबाट आयात हुने सबै तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीश शुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले यस विषयमा चार बुँदे निर्देशनसहित यस्तो आदेश दिएको हो ।

त्यसैगरी, सर्वोच्चले भन्सार नाकामा प्रयोगशाला स्थापना गरी आयात हुने सबै तरकारी तथा फलफूलमा विषादीको स्तर परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

सर्वोच्चले यस्ता ल्याबलाई अन्तर्राष्ट्रिय स्तरका उपकरण र दक्ष जनशक्तिले लैजान सरकारलाई निर्देशन दिएको छ ।

त्यसैगरी, सर्वोच्चले विषादीको प्रयोगलाई नियमन गर्ने सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग तयारी गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2023
Website | + posts