सनराइज बैंकको थप २ ठाउँमा शाखारहित बैंकिङ्ग सेवा बिस्तार

सनराइज बैंकको थप २ ठाउँमा शाखारहित बैंकिङ्ग सेवा बिस्तार : Icon Khabar

काठमाडौँ, वैशाख २१ । सनराइज बैंकले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले वैशाख १५ कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं. ५ देवल दिव्यपुरमा १०२ औं शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

उक्त शाखा रहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका करम सिंह राना र देवल दिव्यपुरका नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।

हाल बैंकको १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १६२ वटा ए.टि.एम र १०२ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2023
Website | + posts