नवनियुक्त तीन जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ : Icon Khabar

काठमाडौं, वैशाख २१ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन जना मन्त्रीलाई शपथ ग्रहण गराएका छन्।

बिहीबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2023
Website | + posts