हिमालयन एक्स्ट्राई एक्स्ट्रिम ट्रायथलन शनिवार हुने

हिमालयन एक्स्ट्राई एक्स्ट्रिम ट्रायथलन शनिवार हुने : Icon Khabar

काठमाडौं, बैशाख २१ । हिमालयन एक्स्ट्राई नेपालको आयोजनामा हरेक वर्ष आयोजना हुने ’हिमालयन एक्स्ट्राई एक्सट्रिम ट्रायथलन’को दोश्रो संस्करण बैशाख २३ गते शनिबार पोखरामा हुने भएको छ ।

प्रतियोगितामा अमेरिका, बेलायत, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रुस, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत, इजरायल, फिनल्याण्ड लगायतका २२ मुलुकका ३६ खेलाडीहरुले सहभागिता जनाउन लागेको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योञ्जनले जानकारी दिए ।

पौडी, साइक्लिङ र उकाली ओराली दौडिनु पर्न भएकोले निकै चुनौतीपूर्ण मानिने उक्त प्रतियोगितामा ३६ खेलाडी भए पनि उनीहरुको सहयोगी टोली समेत गरी ६५ जना सहभागिहुनेछ।

नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । विहान साढे ४ बजे सहभागीहरु ३.८ किमिपौडीको प्रतिस्पर्धा गर्नेछन्। त्यस लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ ।

पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनःफर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ।

त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनःफर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिव १८ घण्टा लाग्न सक्ने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्नगर्न करिव १ करोड खर्च लाग्ने अनुमान गरिएको छ।

पोखरामा खेल पर्यटनको लागि अत्यन्त सघाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको  रेस डाइरेक्टर योञ्जन बताउछन् ।
उनले भने–“ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि क्वालिटी पर्यटकलाई वढी भन्दा वढी समय बताउन यस्ता प्रतियोगिताले मदत पुग्नेछ। हाम्रो इभेन्ट खेल्न आउने खेलाडीहरु दुई हप्ता यहाँ बिताउने गर्छ ।“

थुप्रै खेलाडीहरु पहिलो पटक एसियामा आएर दौडिन लागेको पनि योञ्जनले बताए ।

Published Date: 04 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु