हिमालयन एक्स्ट्राई एक्स्ट्रिम ट्रायथलन शनिवार हुने

हिमालयन एक्स्ट्राई एक्स्ट्रिम ट्रायथलन शनिवार हुने : Icon Khabar

काठमाडौं, बैशाख २१ । हिमालयन एक्स्ट्राई नेपालको आयोजनामा हरेक वर्ष आयोजना हुने ’हिमालयन एक्स्ट्राई एक्सट्रिम ट्रायथलन’को दोश्रो संस्करण बैशाख २३ गते शनिबार पोखरामा हुने भएको छ ।

प्रतियोगितामा अमेरिका, बेलायत, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रुस, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत, इजरायल, फिनल्याण्ड लगायतका २२ मुलुकका ३६ खेलाडीहरुले सहभागिता जनाउन लागेको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योञ्जनले जानकारी दिए ।

पौडी, साइक्लिङ र उकाली ओराली दौडिनु पर्न भएकोले निकै चुनौतीपूर्ण मानिने उक्त प्रतियोगितामा ३६ खेलाडी भए पनि उनीहरुको सहयोगी टोली समेत गरी ६५ जना सहभागिहुनेछ।

नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । विहान साढे ४ बजे सहभागीहरु ३.८ किमिपौडीको प्रतिस्पर्धा गर्नेछन्। त्यस लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ ।

पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनःफर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ।

त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनःफर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिव १८ घण्टा लाग्न सक्ने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्नगर्न करिव १ करोड खर्च लाग्ने अनुमान गरिएको छ।

पोखरामा खेल पर्यटनको लागि अत्यन्त सघाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको  रेस डाइरेक्टर योञ्जन बताउछन् ।
उनले भने–“ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि क्वालिटी पर्यटकलाई वढी भन्दा वढी समय बताउन यस्ता प्रतियोगिताले मदत पुग्नेछ। हाम्रो इभेन्ट खेल्न आउने खेलाडीहरु दुई हप्ता यहाँ बिताउने गर्छ ।“

थुप्रै खेलाडीहरु पहिलो पटक एसियामा आएर दौडिन लागेको पनि योञ्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2023
Website | + posts