काठमाडौँ, वैशाख २१ । सरकारी सर्भरमा निरन्तर साइबर आक्रमण भइरहँदा त्यसलाई कम गर्न सरकारी स्तरबाट पर्याप्त सावधानी नअपनाइएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
पछिल्लो समय लोकसेवामा दरखास्त दिनेहरूको ठूलो सङ्ख्यामा तथ्याङ्क नै हराएको विवरण सार्वजनिक भएका छन्।
त्यसअघि सरकारी वेबसाइटहरू घण्टौँसम्म बन्द हुँदा त्यसले अध्यागमनलगायत विभिन्न सरकारी निकायका सेवा प्रभावित भएका खबर सार्वजनिक भएका थिए। त्यस्तै केही समयअघि नेपाली सेनाको साइटमा पनि हमला भएका विवरण सार्वजनिक भएका थिए।
यस्ता घटना एकपछि अर्को दोहोरिइरहँदा त्यसको कारण पत्ता लगाउन र भविष्यमा त्यस्ता घटनामा कमी ल्याउन के गर्ने भन्नेबारे सरकार गम्भीर नभएको विज्ञहरू बताउँछन्।
सरकारी वेबसाइटमा बारम्बार आक्रमण भइरहँदा पछिल्लो समय त्यसको सम्बोधनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले उच्चस्तरीय कार्यदल गठन गरेर अध्ययन प्रक्रिया अघि बढाएको बताएकी छन्।
सञ्चार तथा सूचना प्रविधि दिवस मनाउन गरिएको कार्यक्रममा मङ्गलवार बोल्दै मन्त्री शर्माले साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र बनाउन अध्ययन अघि बढाइएको पनि बताइन्।
सरकारी सर्भरमा समस्या देखिएर डेटामा पहुँच नै नभएपछि राष्ट्रिय सूचना प्रविधि केन्द्रले पनि सतर्कता अपनाइ आवश्यक छानबिन गरिरहेको र अझ धेरै गर्न बाँकी रहेको कार्यकारी निर्देशक पौडेलले बताए। – बीबीसीबाट साभार
Published Date: 04 May 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1