संघीय निजामती सेवा ऐनको माग गर्दै केही निजामती कर्मचारीद्वारा सिंहदरबारको दक्षिण गेटमा धर्ना

संघीय निजामती सेवा ऐनको माग गर्दै केही निजामती कर्मचारीद्वारा सिंहदरबारको दक्षिण गेटमा धर्ना : Icon Khabar

काठमाडौं, वैशाख २१ । संघीय निजामती सेवा ऐनको माग गर्दै केही निजामती कर्मचारीले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन् ।

संघीय निजामती ऐन जारी नगरे वैशाख २५ गतेदेखि आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् । सरकारले आफ्ना मागमा ध्यान नदिए सिंहदरबारको काम रोकेर देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल सरकारी कर्मचारी सङ्गठनका उपाध्यक्ष प्रभात शाहले संघीय निजामती सेवा ऐन तत्काल लागू गर्नुपर्ने मागलाई सरकारले बेवास्ता गरेकोले आन्दोलन गर्न बाध्य भएको बताए ।

संघीय निजामती सेवा ऐन कार्यान्वयनको माग गर्दै निजामती कर्मचारीले विगत केही समयदेखि आन्दोलन गर्दै आएका छन् ।

Published Date: 04 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग