आज दिनभर कोशी, मधेश र वाग्मती प्रदेशमा हल्का बर्षा भइरहने

आज दिनभर कोशी, मधेश र वाग्मती प्रदेशमा हल्का बर्षा भइरहने : Icon Khabar

काठमाडौं, वैशाख २१ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले अहिले देशमा मौसम बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2023
Website | + posts