काठमाडौँ, वैशाख २१ । नेपाल धितोपत्र बोर्डले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र प्रदान गरेको छ। बुधवार बसेको बोर्डको बैठकले ती कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको हो।
धितोपत्र बोर्डले पहिलो चरणमा १६ वटा कम्पनीलाई आशय पत्र दिएको थियो। योसंगै आशय पत्र पाउने कम्पनी २९ वटा पुगेको छ। नयाँ ब्रोकर सञ्चालनका लागि बोर्डमा आवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बताइएको छ।
आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार गर्नुपर्छ। त्यसपछि बोर्डले अनुगमन गर्नेछ। अनुगमन गर्दा मापदण्ड पुरा गरेका कम्पनीहरुले नै ब्रोकर लाईसेन्स पाउने छन्।
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1