धितोपत्र बोर्डद्वारा थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र प्रदान

धितोपत्र बोर्डद्वारा थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र प्रदान : Icon Khabar

काठमाडौँ, वैशाख २१ । नेपाल धितोपत्र बोर्डले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र प्रदान गरेको छ। बुधवार बसेको बोर्डको बैठकले ती कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको हो।

धितोपत्र बोर्डले पहिलो चरणमा १६ वटा कम्पनीलाई आशय पत्र दिएको थियो। योसंगै आशय पत्र पाउने कम्पनी २९ वटा पुगेको छ। नयाँ ब्रोकर सञ्चालनका लागि बोर्डमा आवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बताइएको छ।

आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार गर्नुपर्छ। त्यसपछि बोर्डले अनुगमन गर्नेछ। अनुगमन गर्दा मापदण्ड पुरा गरेका कम्पनीहरुले नै ब्रोकर लाईसेन्स पाउने छन्।

Published Date: 04 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग