स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको लागि ठमेलमा सिसिटिभी क्यामेरा जडान हुने

स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको लागि ठमेलमा सिसिटिभी क्यामेरा जडान हुने : Icon Khabar

काठमाडौं, वैशाख २१ । संघीय राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलका सडकमा सिसिटिभी क्यामेरा जडान हुने भएको छ । काठमाडौं महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँगको सहकार्यमा ठमेलभित्रका सडकमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।

कामनपाका प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल र परिषद्सँको टोलीले पनि ठमेलभित्र सिसी क्यामेरा जडान गर्ने विषयमा स्थलगत निरीक्षण गरेका छन् ।

महानगरपालिकासँगको सहकार्यमा ठमेल भित्रका सडकमा सिसीटिभी क्यामेरा जडान गर्न लागिएको टिटिडिसीका अध्यक्ष भविश्वर शर्माले बताए । उनले भने, “बुधवार महानगरपालिका, नेपाल प्रहरी र टीटीडीसीको टोलीले ठमेलका चोक र चोकमा कुन–कुन सीसीटीभी क्यामेराको आवश्यकता छ भनेर पाँच घण्टा लगाएर ठमेलमा छिट्टै सीसीटीभी क्यामेरा जडान गरिने छ ।”

नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत ठमेल घुम्न आउँछन् । ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति गराउन सीसीटीभी क्यामेरा जडान हुन लागेको हो । उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक कृष्ण धितालले ठमेलभित्रका सडकमा सयभन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिने जानकारी दिए ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई महानगरले चालु आर्थिक वर्षमा काठमाडौंमा हुने आपराधिक घटना न्यूनीकरण गर्न ६ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सो रकमबाट सीसीटीभी क्यामेरा खरिद गरी काठमाडौंका आवश्यक स्थानमा जडान गरिनेछ । महानगरको १६, १७, २६ र २७ नम्बर वडामा पर्ने ठमेलमा झण्डै तीन हजार घरधनी तथा व्यवसायी रहेका छन् ।

Published Date: 04 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग