स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको लागि ठमेलमा सिसिटिभी क्यामेरा जडान हुने

स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको लागि ठमेलमा सिसिटिभी क्यामेरा जडान हुने : Icon Khabar

काठमाडौं, वैशाख २१ । संघीय राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलका सडकमा सिसिटिभी क्यामेरा जडान हुने भएको छ । काठमाडौं महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँगको सहकार्यमा ठमेलभित्रका सडकमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।

कामनपाका प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल र परिषद्सँको टोलीले पनि ठमेलभित्र सिसी क्यामेरा जडान गर्ने विषयमा स्थलगत निरीक्षण गरेका छन् ।

महानगरपालिकासँगको सहकार्यमा ठमेल भित्रका सडकमा सिसीटिभी क्यामेरा जडान गर्न लागिएको टिटिडिसीका अध्यक्ष भविश्वर शर्माले बताए । उनले भने, “बुधवार महानगरपालिका, नेपाल प्रहरी र टीटीडीसीको टोलीले ठमेलका चोक र चोकमा कुन–कुन सीसीटीभी क्यामेराको आवश्यकता छ भनेर पाँच घण्टा लगाएर ठमेलमा छिट्टै सीसीटीभी क्यामेरा जडान गरिने छ ।”

नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत ठमेल घुम्न आउँछन् । ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति गराउन सीसीटीभी क्यामेरा जडान हुन लागेको हो । उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक कृष्ण धितालले ठमेलभित्रका सडकमा सयभन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिने जानकारी दिए ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई महानगरले चालु आर्थिक वर्षमा काठमाडौंमा हुने आपराधिक घटना न्यूनीकरण गर्न ६ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सो रकमबाट सीसीटीभी क्यामेरा खरिद गरी काठमाडौंका आवश्यक स्थानमा जडान गरिनेछ । महानगरको १६, १७, २६ र २७ नम्बर वडामा पर्ने ठमेलमा झण्डै तीन हजार घरधनी तथा व्यवसायी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2023
Website | + posts