किन दिनहुँ बढ्दैछ सुनको मूल्य ? बिहीबार प्रतितोला रू एक हजार दुई सय रुपैयाँले बढ्यो

किन दिनहुँ बढ्दैछ सुनको मूल्य ? बिहीबार प्रतितोला रू एक हजार दुई सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख २१ । बिहीबार सुनको मूल्य प्रतितोला रू एक हजार दुई सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोला एक लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापालवाला सुन प्रतितोला एक हजार ८०० रुपैयाँ बढेर १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ४४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2023
Website | + posts