गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने : Icon Khabar

काठमाडौं, वैशाख २१ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने एजेण्डा रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए ।

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वी गुरुङले सोमबार प्रदेश सभाको बैठक बोलाएका हुन् । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।पाण्डे कांग्रेसका २७, ७ जनासहित ३५ प्रदेशसभा सदस्यको समर्थनमा गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका थिए । ६० सदस्यीय प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) र एक नेकपा (एकीकृत समाजवादी) ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएर अहिले मुख्यमन्त्रीसहित दुईजना मात्र मन्त्री रहेको मन्त्रिपरिषद् पूरा गर्ने तयारी गरेका छन् । नियुक्तिको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसँगै माओवादी केन्द्रकी प्रदेशसभा सदस्य सुशीला सिम्खडा र काँग्रेसकी सरस्वती अर्याल तिवारीले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका थिए ।

Published Date: 04 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास