गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने : Icon Khabar

काठमाडौं, वैशाख २१ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने एजेण्डा रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए ।

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वी गुरुङले सोमबार प्रदेश सभाको बैठक बोलाएका हुन् । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।पाण्डे कांग्रेसका २७, ७ जनासहित ३५ प्रदेशसभा सदस्यको समर्थनमा गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका थिए । ६० सदस्यीय प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) र एक नेकपा (एकीकृत समाजवादी) ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएर अहिले मुख्यमन्त्रीसहित दुईजना मात्र मन्त्री रहेको मन्त्रिपरिषद् पूरा गर्ने तयारी गरेका छन् । नियुक्तिको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसँगै माओवादी केन्द्रकी प्रदेशसभा सदस्य सुशीला सिम्खडा र काँग्रेसकी सरस्वती अर्याल तिवारीले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका थिए ।

Published Date: 04 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक