मेस्सीलाई दुई साताको प्रतिबन्ध

मेस्सीलाई दुई साताको प्रतिबन्ध : Icon Khabar

काठमाडौं, वैशाख  २० । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नो टोलीका मुख्य फरवार्ड लियोनेल मेस्सीलाई दुई साताको प्रतिबन्ध लगाएको छ। क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गरेपछि पिएसजीले अर्जेन्टिनी कप्तान मेस्सीलाई दुई साताको प्रतिबन्ध लगाएको हो ।

साउदी भ्रमण लगत्तै मेस्सीले लिग वानमा लोरिएन्टविरुद्ध पुरै ९० मिनेटमा खेलेका थिए । उक्त खेलमा पिएसजी ३–१ ले पराजित भएको थियो ।

निलम्बन अवधिमा मेस्सीले पीएसजीबाट प्रशिक्षण वा खेल्ने छैनन् । ३५ वर्षीया मेस्सीले व्यावसायिक कामका लागि यात्रा गर्न अनुमति मागेको तर अस्वीकार गरिएको बुझिएको छ । क्लबको जरिवाना समेत खेपेका मेस्सीले साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिका निर्वाह गरेका छन् ।

विश्वकप विजेता मेस्सीको पीएसजीसँगको दुई वर्षको सम्झौता यसै समरमा सकिँदैछ । बार्सिलोनाका उपाध्यक्ष राफेल युस्टेले मेस्सीलाई बार्सिलोना फर्काउने प्रयास गरिरहेको छ ।

मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट दिएका छन् । गत सिजन लिग १ को उपाधि जितेका छन् ।

दुई साताको प्रतिबन्धपछि मेस्सीले ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउनेछ । लिग वानमा ५ खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको पिएसजीले स्पष्ट ५ अंकको अग्रता लिएको छ । पछिल्लो ११ सिजनमा पिएसजी नवौं लिग वान उपाधि जित्न चहान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 May 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट