मेस्सीलाई दुई साताको प्रतिबन्ध

मेस्सीलाई दुई साताको प्रतिबन्ध : Icon Khabar

काठमाडौं, वैशाख  २० । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नो टोलीका मुख्य फरवार्ड लियोनेल मेस्सीलाई दुई साताको प्रतिबन्ध लगाएको छ। क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गरेपछि पिएसजीले अर्जेन्टिनी कप्तान मेस्सीलाई दुई साताको प्रतिबन्ध लगाएको हो ।

साउदी भ्रमण लगत्तै मेस्सीले लिग वानमा लोरिएन्टविरुद्ध पुरै ९० मिनेटमा खेलेका थिए । उक्त खेलमा पिएसजी ३–१ ले पराजित भएको थियो ।

निलम्बन अवधिमा मेस्सीले पीएसजीबाट प्रशिक्षण वा खेल्ने छैनन् । ३५ वर्षीया मेस्सीले व्यावसायिक कामका लागि यात्रा गर्न अनुमति मागेको तर अस्वीकार गरिएको बुझिएको छ । क्लबको जरिवाना समेत खेपेका मेस्सीले साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिका निर्वाह गरेका छन् ।

विश्वकप विजेता मेस्सीको पीएसजीसँगको दुई वर्षको सम्झौता यसै समरमा सकिँदैछ । बार्सिलोनाका उपाध्यक्ष राफेल युस्टेले मेस्सीलाई बार्सिलोना फर्काउने प्रयास गरिरहेको छ ।

मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट दिएका छन् । गत सिजन लिग १ को उपाधि जितेका छन् ।

दुई साताको प्रतिबन्धपछि मेस्सीले ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउनेछ । लिग वानमा ५ खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको पिएसजीले स्पष्ट ५ अंकको अग्रता लिएको छ । पछिल्लो ११ सिजनमा पिएसजी नवौं लिग वान उपाधि जित्न चहान्छ ।

Published Date: 03 May 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु