यी हुन् पुरुषमा हुने यौन समस्याहरु

यी हुन् पुरुषमा हुने यौन समस्याहरु : Icon Khabar

काठमाडौँ, वैशाख १९ । नेपालमा यौन समस्याका बारेमा खुलेर कुरा गर्ने गरिदैँन । यसै कारणले गर्दा सामान्य यौन समस्याले पनि व्यक्तिको जीवनमा ठूलो समस्या ल्याइरहेको हुन्छ ।

यौन रोगसम्बन्धी शिक्षाको अभावले गर्दा हाम्रो देशमा धेरै मानिस यस रोगबाट प्रभावित भएको पाइन्छ । यौन समस्या भनेको व्यक्तिहरुले आफ्नो सहकर्मीबाट यौन सन्तुष्टि प्राप्त गर्न नसक्ने अवस्था हो । अर्काे शब्दमा भन्नुपर्दा, यौन सम्बन्ध स्थापित गर्ने क्रममा व्यक्तिलाई चरम सुख प्राप्त गर्नबाट रोक्ने कठिनाई एवम् अवरोधहरु नै यौन समस्या हो ।

पुरुषमा देखिने अधिकांश यौन जटिलता भनेकै स्खलनमा विकार, उत्तेजना नहुनु, यौनप्रतिको चाहाना घट्दै जानु तथा पेयरोनी रोगको शिकार हुनु हो । यस्ता समस्या सामान्यतया जुनसुकै उमेर समूहलाई देख्ने भएता पनि तुलनात्मक रुपमा प्रायजसोः पाको उमेरका व्यक्तिमा बढी पाइन्छ ।

पुरुषमा हुने प्रमुख यौनजन्य समस्याहरु:

ढिलो/प्रतिकुल अथवा स्खलन नै नहुनु

स्खलन नहुनु अथवा पेनिट्रेसनको बाबजुद पनि स्खलनका लागि लामो समय लाग्ने समस्यालाई विलम्बित अर्थात् ढिलो स्खलन हुनु भनिन्छ ।
यसको ठिक विपरित वीर्य लिंगबाट बाहिर निस्कनु अगावै मुत्राशयमा नै धकेलिन्छ भने त्यस्तो अवस्थालाई ‘रेट्रोग्रेड एजाकुलेशन’ अर्थात् ‘विलम्बित स्खलनन’ भनिन्छ ।

वीर्य लिंगबाहिर नआई पुनःमुत्रमार्गमा नै फर्केर जाने र परिणाम स्वरुप पिसाबमा नै वीर्य देखिने यस अवस्थालाई कहिलेकाहिँ ड्राई(सुख्खा) अग्र्याज्म अर्थात स्खन नहुनु भनिन्छ ।

सामान्यतयाः यस्ता समस्या लामो समयसम्म विभिन्न औषधि सेवन गरिराखेका व्यक्तिलाई औषधिको साइड इफेक्ट(दुष्प्रभाव) स्वरुप देखा पर्छ । यस समस्या प्रायजसो प्रोस्टेट सर्जरी अथवा मधुमेहका कारण स्नायुमा क्षति पुगेका व्यक्तिहरुमा देखिन्छ ।

यौन चाहाना नहुनु वा कम हुनु

व्यक्तिमा टेस्टोस्टेरोन नामक हार्माेनको मात्रा कमी भयो भने व्यक्तिमा यौन चाहना कम हुन्छ । शरीरमा यस हार्माेनको कमी भएमा पुरुषमा यौनेच्छाको कमी हुन गई त्यसले यौन जीवनमा समेत नकरात्मक असर पार्छ । यस्तै, कतिपय समयमा यौन उत्तेजना नहुने समस्याका कारण पनि व्यक्तिमा सम्भोगप्रतिको इच्छा हराएर जान्छ ।

यसैगरि डिप्रेशन, तनाव, तथा भावनात्मक सम्बन्धको उतारचढाव पनि यौनेच्छा कम गराउने मुख्य स्रोत हुन् भने, दिर्घकालीन औषधि सेवनलाई पनि यसको अर्काे कारक तत्वको रुपमा लिइन्छ ।

शीघ्रपतन

शीघ्रपतन भनेको यौनसम्बन्ध स्थापितको शुरुवाती चरणमा नै व्यक्तिको स्खलन हुने अवस्थालाई जनाउँछ । यो व्यक्तिको नियन्त्रण बाहिर हुन्छ ।
सेरोटोनिन (व्यक्तिको मुडलाई प्रभाव पार्ने रसायन) जस्ता प्राकृतिक रसायनले शीघ्रपतन समस्यामा प्रमुख भुमिका निर्वाह गरेको हुन्छ । यस्तै केहि औषधिहरुको सेवनले पनि व्यक्तिको स्खलन प्रकृयासंगै स्पाइनल कर्ड तथा स्नायुलाई समेत आघात पु¥याउन सक्छ । पेनाइल ( लिंगमा परेका प्रभाव) लाई पनि शिघ्रपतनको मुख्य कारण मानिन्छ ।

यद्यपि यी मात्र नभई स्खलनको केन्द्रिय नियन्त्रण अथवा वीर्यलाई उचित मार्गमा इनरभेसन(नशामा प्रवाह गर्ने प्रकृया) प्रवाह गर्ने नली, जनन्द्रिय अथवा पुरुष ग्रन्थीमा हुने स्नायु सम्बन्धिका संक्रमण शीघ्रपतनको अर्काे प्रमुख कारक तत्व मानिन्छ ।

उत्तेजना नहुनु

यौन सम्बन्ध स्थापितको समयमा लिंग उत्तेजित नहुने अवस्था नै ‘इरेक्टाइल डिसफङसन’ अर्थात् उत्तेजना नहुने अवस्था हो । यो पुरुषको यौन जीवनकालमा देखिने समस्यामध्ये एक हो ।

मुटुसम्बन्धिका रोग, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोरको स्तर तथा मोटोपन, कम टेस्टोस्टेरोनको मात्रा, तनाव, चिन्ता, डिप्रेसन, पार्टनरसंगको सम्बन्ध, लामो समयसम्म एउटै औषधिको प्रयोग, निन्द्राको गडबढि, दिर्घकालीन रपमा प्रयोग गरिएको नशालु औषधको सेवन, मद्यपान एवम् सुर्तिजन्य पदार्थको सेवन, पार्किन्सन्स रोग तथा मल्टिपल स्क्लेरोसिस आदि पक्षहरुका कारणले पनि पुरुषमा यौन उत्तेजना नहुने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
2
+1
2
Published Date: 02 May 2023
Website | + posts