चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा सामान्य बढ्यो

चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा सामान्य बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख २० । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १.३२% ले धेरै हो ।

गत आर्थिक वर्षको यसैअवधिमा यस कम्पनीले ५२ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ८२ करोड ३४ लाख रुपैयाँबाट घटेर ८० करोड ८२ लाख रुपैयाँमा झरेको छ ।

हाल चिलिमेको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ३ अर्ब १३ करोड रुपैयाँ जम्मा रहेको छ । गत वर्ष रिटेन्ड अर्निङ ३ अर्ब ३९ करोड रुपैयाँ थियो ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 May 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने