चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा सामान्य बढ्यो

चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा सामान्य बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख २० । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १.३२% ले धेरै हो ।

गत आर्थिक वर्षको यसैअवधिमा यस कम्पनीले ५२ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ८२ करोड ३४ लाख रुपैयाँबाट घटेर ८० करोड ८२ लाख रुपैयाँमा झरेको छ ।

हाल चिलिमेको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ३ अर्ब १३ करोड रुपैयाँ जम्मा रहेको छ । गत वर्ष रिटेन्ड अर्निङ ३ अर्ब ३९ करोड रुपैयाँ थियो ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा छ ।

Published Date: 03 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा