आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित बर्षाको सम्भावना

आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित बर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, वैशाख १९ । मुलुकमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज कोशी, मधेस र वाग्मती प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनेछ। बाँकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ ।

त्यस्तै आज राति कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल, देशभर आंशिकदेखि सामान्य परिवर्तन भइरहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थान र पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

Published Date: 02 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग