गुलशनको युएईविरुद्ध महत्वपूर्ण अर्धशतक

गुलशनको युएईविरुद्ध महत्वपूर्ण अर्धशतक : Icon Khabar
Gulshan Jha

काठमाडौं, बैशाख १९ । नेपालका युवा अलराउन्डर गुलशन झाले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पुरा गरेका हुन् ।

अघिल्लो महिना गुलशनले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए । जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा ३ विकेट गुमाउँदै ९६ रन बनाएको छ । नेपालका गुलशन झा ७६ बलमा ३ चौका र ४ छक्कासहित ५१ रनमा क्रिजमा छन् । भीम सार्की ६५ बलमा ३ चौकासहित ३० रनमा क्रिजमा छन् ।

नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन । नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो । स्पिनर रोहन मुस्तफाको बलमा उनी एलबीडब्लू आउट हुन पुगे ।

सातौं ओभरको पहिलो बलमा आयन खानले अर्का ओपनर आसिफ शेखलाई ८ रनमा एलबीडब्लू आउट गरे । आठौं ओभरको अन्तिम बलमा मुस्तफाले कप्तान रोहित पौडेललाई १ रनमै बोल्ड आउट गरेपछि नेपाल २२–३ को अवस्थामा पुगेको थियो । युएईले सुरुवाती १८ ओभर स्पिनरलाई बलिङ गराएको थियो । युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा ३ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए ।

Published Date: 02 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास