गुलशनको युएईविरुद्ध महत्वपूर्ण अर्धशतक

गुलशनको युएईविरुद्ध महत्वपूर्ण अर्धशतक : Icon Khabar
Gulshan Jha

काठमाडौं, बैशाख १९ । नेपालका युवा अलराउन्डर गुलशन झाले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पुरा गरेका हुन् ।

अघिल्लो महिना गुलशनले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए । जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा ३ विकेट गुमाउँदै ९६ रन बनाएको छ । नेपालका गुलशन झा ७६ बलमा ३ चौका र ४ छक्कासहित ५१ रनमा क्रिजमा छन् । भीम सार्की ६५ बलमा ३ चौकासहित ३० रनमा क्रिजमा छन् ।

नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन । नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो । स्पिनर रोहन मुस्तफाको बलमा उनी एलबीडब्लू आउट हुन पुगे ।

सातौं ओभरको पहिलो बलमा आयन खानले अर्का ओपनर आसिफ शेखलाई ८ रनमा एलबीडब्लू आउट गरे । आठौं ओभरको अन्तिम बलमा मुस्तफाले कप्तान रोहित पौडेललाई १ रनमै बोल्ड आउट गरेपछि नेपाल २२–३ को अवस्थामा पुगेको थियो । युएईले सुरुवाती १८ ओभर स्पिनरलाई बलिङ गराएको थियो । युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा ३ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए ।

Published Date: 02 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक