देशको अर्थतन्त्र बलियो छ : परराष्ट्रमन्त्री साउद

देशको अर्थतन्त्र बलियो छ : परराष्ट्रमन्त्री साउद : Icon Khabar

कञ्चनपुर, वैशाख १७ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले मुलुकको अर्थतन्त्र सबल रहेको बताएको छ ।

शुक्लाफाँटा नगरपालिका–५ मा आज पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले विदेशी मुद्रा सञ्चिति १०–१२ महिनासम्म टिक्न सक्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । देश ‘श्रीलंकाको बाटो’ तर्फ उन्मुख भएको प्रचार गरेपनि यथार्थ भने अर्कै रहेको उनले बताए ।

संसदमा यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएका नेपाली कांग्रेसका नेता साउदले भूमि आयोगले निर्धारण गरेको जग्गा राजस्व उच्च रहेको भन्दै परिमार्जन गरिने बताए । उनले वन्यजन्तु आरक्षबाट विस्थापित जनताको समस्या समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

त्यस्तै, चालु आर्थिक वर्षदेखि चौधरी नदी नियन्त्रणको काम अघि बढाइनेछ । कञ्चनपुर जिल्लाबाट बग्ने अन्य नदीमा पनि नदी तालिम कार्यलाई अगाडि बढाइनेछ ।

उनले पार्टीका एजेण्डा र प्राथमिकताका साथ जनतासमक्ष पुग्न जिल्लाका कार्यकर्ता र नेताहरुलाई आग्रह गरे ।

Published Date: 30 April 2023
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय