देशको अर्थतन्त्र बलियो छ : परराष्ट्रमन्त्री साउद

देशको अर्थतन्त्र बलियो छ : परराष्ट्रमन्त्री साउद : Icon Khabar

कञ्चनपुर, वैशाख १७ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले मुलुकको अर्थतन्त्र सबल रहेको बताएको छ ।

शुक्लाफाँटा नगरपालिका–५ मा आज पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले विदेशी मुद्रा सञ्चिति १०–१२ महिनासम्म टिक्न सक्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । देश ‘श्रीलंकाको बाटो’ तर्फ उन्मुख भएको प्रचार गरेपनि यथार्थ भने अर्कै रहेको उनले बताए ।

संसदमा यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएका नेपाली कांग्रेसका नेता साउदले भूमि आयोगले निर्धारण गरेको जग्गा राजस्व उच्च रहेको भन्दै परिमार्जन गरिने बताए । उनले वन्यजन्तु आरक्षबाट विस्थापित जनताको समस्या समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

त्यस्तै, चालु आर्थिक वर्षदेखि चौधरी नदी नियन्त्रणको काम अघि बढाइनेछ । कञ्चनपुर जिल्लाबाट बग्ने अन्य नदीमा पनि नदी तालिम कार्यलाई अगाडि बढाइनेछ ।

उनले पार्टीका एजेण्डा र प्राथमिकताका साथ जनतासमक्ष पुग्न जिल्लाका कार्यकर्ता र नेताहरुलाई आग्रह गरे ।

Published Date: 30 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक