राष्ट्रिय फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि

राष्ट्रिय फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि : Icon Khabar

काठमाडौँ, वैशाख १७ । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ६५ तथा महिलामा ५५ खेलाडीको सहभागिता रहने आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुषमा खुला तौलसमूह तथा महिलामा ६० केजीमुनि, ६० केजीमाथि र ५० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जानकारी गराए । प्रत्येक स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

अध्यक्ष गौचनले विभिन्न मार्सल आर्ट्सका उत्कृष्ट पक्षलाई समेटी वज्रको उत्पादन गरिएको बताउदै ४ वर्षमा विश्व च्याम्पियनसिप आयोजना गर्ने लक्ष्य रहेको बताए । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 April 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल