ख्वप अस्पतालमा आजबाट प्रसुती सेवा विस्तार गरिदै

ख्वप अस्पतालमा आजबाट प्रसुती सेवा विस्तार गरिदै : Icon Khabar

भक्तपुर, बैशाख १७ । ख्वप अस्पतालमा आजबाट प्रसुती सेवा सुरु गर्ने उद्घोष गरेको छ । ख्वप अस्पताल सञ्चालनको दोस्रो वार्षिक कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उक्त कुरा उद्घोष गरेको हो ।

प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले संवेदनशील ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउदै ख्वप अस्पताल नाफाको लागि नभई जनताको निःस्वार्थ सेवा गर्ने उद्देश्यले स्थापित जनताको अस्पतालको रुपमा सञ्चालन हुने बताए ।
उनले जनस्वास्थ्य केन्द्र हुदै हाल १०० शैय्याको ख्वप अस्पतालको रुपमा सञ्चालन हुनु आफैमा एउटा ठूलो उपलब्धी भएको बताउदै ख्वप अस्पतालले आजबाट प्रसुती सेवा सुरु गर्ने बताए ।

संकटको बेला जनता आफै अग्रसर भएर सहयोग गर्नु आफैमा राम्रो उदाहरण बनेको बताउदै उनले ख्वप अस्पताललाई सुविधा सम्पन्न बनाउन आवश्यक जनशक्ति र उपकरणहरु थप्दै लैजाने बताए ।

Published Date: 30 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक