प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित : Icon Khabar

काठमाडौं, वैशाख १७ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ ।

भिजिबिलिटी कम भएकाले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यतया प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कमजोर भिजिबिलिटी र खराब मौसमका कारण विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक गन्तव्यमा उडान समयमा हुन नसकेका छन् भने केही अन्तर्राष्ट्रिय उडान आकाशमै रोकिएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको छ । वर्षाका कारण शनिबार दिउँसोदेखि बेलुकासम्म उडान प्रभावित भएको छ ।

हाल कोशी र वाग्मती प्रदेशका पहाडी भू–भागका केही स्थानमा आंशिकदेखि सामान्य वर्षा भइरहेको तथा पहाडी भू–भागका एक–दुई स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज बिहानैदेखि काठमाडौंको आकाशमा आंशिक बदली भएको छ । अहिले उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

Published Date: 30 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग