राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको रिलेमा सुदूरपश्चिम प्रदेशको कीर्तिमान

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको रिलेमा सुदूरपश्चिम प्रदेशको कीर्तिमान : Icon Khabar

काठमाडौँ, वैशाख १७ । सुदूरपश्चिम प्रदेशले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा आइतबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेलको सम्मिलित सुदूरपश्चिम टोलीले ३ मिनेट ३१.०० सेकेन्ड समयमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रच्यो ।

लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवतले २०७६ सालमा स्थापित गरेको ३ मिनेट ३२.३ सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भंग गरेको हो । प्रतियोगितामा योसहित जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान बने ।

अघिल्लो दिन लुम्बिनीका सुदिप थारुले छात्र लङजम्प तथा सुदिप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले ४ गुणा १ सय मिटर रिलेमा कीर्तिमान बनाएका थिए ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा लुम्बिनीले स्वर्ण, सुदूरपश्चिमले रजत तथा कर्णालीले कांस्य पदक जिते ।

छात्र २ सय मिटर दौडमा लुम्बिनीका सुजल डाँगीले स्वर्ण जिते । उनले निर्धारित दूरी २३.० सेकेन्डमा पूरा गरे । सुजलले योसहित प्रतियोगितामा १ कीर्तिमानीसहित ३ स्वर्ण हात पारे । उनले १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । ३ हजार मिटर दौडमा सुदूरपश्चिमका अमित आउजी पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ९ मिनेट २८.१ सेकेन्ड समय खर्चे । ट्रिपलजम्पमा कोशीका राजीव ढुंगाना (१३.५० मिटर) तथा सटपुटमा कर्णालीका धीरेन्द्र विक (१२.०९ मिटर) ले शीर्ष स्थान हात पारे ।

छात्रा २ सय मिटर दौडमा लुम्बिनीकी रेसु चौधरी २८.० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहिन् । रेसुले ट्रिपलजम्पमा पनि (१०.१४ मिटर) स्वर्ण जितिन् । रेसुले प्रतियोगितामा ३ व्यक्तिगतसहित ४ स्वर्ण चुमिन् । रेसुले १ सय मिटर दौड र ४ गुणा १ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् । ३ हजार मिटर दौडमा लुम्बिनीकी मोतीकला डाँगीले दूरी ११ मिनेट २४.५ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । सटपुटमा बागमतीकी अप्सरा श्रेष्ठ (८.६२ मिटर) ले स्वर्ण हात पारिन् ।

एथलेटिक्समा लुम्बिनीको वर्चस्व रह्यो । जम्मा २६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा लुम्बिनीले १६ स्वर्ण कब्जा गर्यो । कर्णालीले ३, बागमती, सुदूरपश्चिम र गण्डकीले समान २–२ तथा कोशीले १ स्वर्ण जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 April 2023
Website | + posts
ताजा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू