आन्तरिक माग धान्न मुस्किल भएपछि भारत सरकारले चिनी निर्यात रोक्ने तयारी

आन्तरिक माग धान्न मुस्किल भएपछि भारत सरकारले चिनी निर्यात रोक्ने तयारी : Icon Khabar

काठमाडौं, वैशाख १७ । गहुँ र चामलपछि अब भारतले पनि चिनी निर्यात बन्द गर्ने भएको छ । आन्तरिक माग धान्न मुस्किल भएपछि भारत सरकारले चिनी निकासी रोक्ने तयारी थालेको छ ।

गहुँ निकासी बन्द हुँदा नेपाली भान्सामा प्रत्यक्ष असर परेको छ । तर, नेपाल सरकार र नेपाली व्यवसायीको निरन्तर प्रयासपछि भारतले ५० हजार टन गहुँ निर्यातको कोटा तोकेको थियो ।

स्रोतका अनुसार भारतले पनि चिनी निर्यात बन्द गर्ने भएको छ । तर, अहिलेसम्म आधिकारिक सूचना आएको छैन । नेपालमा वार्षिक तीन लाख टन चिनीको माग रहेको छ । नेपालको कुल मागको ५० प्रतिशत उत्पादनले पूर्ति गर्छ । बाँकी ५० प्रतिशत चिनी भारतबाट आउँछ ।

तर, भारतमा एक्कासी चिनीको माग बढेपछि निकासी बन्द हुने भएको छ । भारतले चिनी निर्यात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्नेछ । नेपालले सबैभन्दा बढी चिनी भारतबाट आयात गर्छ । भारत विश्वमा दोस्रो ठूलो चिनी उत्पादन गर्ने देश हो।

यसबाहेक नेपालले पाकिस्तानबाट पनि चिनी आयात गर्छ । रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण कतिपय देशमा मूल्य ह्वात्तै बढेको बेला भारतले लगाएको प्रतिबन्ध विभिन्न देशले उठाएको कदमसँग मिल्दोजुल्दो छ ।

बिस्कुट, कन्फेक्शनरी आदि उद्योगका लागि चिनी मुख्य कच्चा पदार्थ हो, भारतले गहुँजस्तै चिनी निकासीमा प्रतिबन्ध लगाएसँगै चिनीको मूल्य पनि बढेर उपभोक्ताले महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

भारतले गहुँ आयातमा प्रतिबन्ध लगाएपछि गैरकानुनी रूपमा गहुँ नेपाल भित्रिएपछि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको थियो । चिनीको कानुनी बाटो बन्द भएपछि अवैध बाटो हुँदै चिनी नेपाल भित्रिन्छ ।

सरकारले चिनीमा ४० प्रतिशतसम्म भन्सार तोकेको छ । अवैध मार्गबाट ​​चिनी आयो भने नेपालले ठूलो मात्रामा राजस्व गुमाउने र उपभोक्ताले पनि महँगो मूल्य चुकाउनु पर्ने देखिन्छ ।

Published Date: 30 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु