चट्याङ लागेर ओखलढुङ्गामा एक महिलाको मृत्यु

चट्याङ लागेर ओखलढुङ्गामा एक महिलाको मृत्यु : Icon Khabar

ओखलढुङ्गा, वैशाख १७ । चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो चट्याङ लागेर खिजिडेम्बा गाउँपालिका–२ की ५७ वर्षीया देवमाया बुढाथोकी गम्भीर घाइते भएकी छन् । उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

बुढाथोकीको घरभित्रै चट्याङ लागेर मृत्यु भएको हो । थप उपचारका लागि रामेछापको मन्थली अस्पताल लैजाँदै गर्दा आज बिहान मृत्यु भएको हो । वैशाख महिनामा ओखलढुंगामा चट्याङ लागेर दुई जनाको मृत्यु भइसकेको छ ।

Published Date: 30 April 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु