चट्याङ लागेर ओखलढुङ्गामा एक महिलाको मृत्यु

चट्याङ लागेर ओखलढुङ्गामा एक महिलाको मृत्यु : Icon Khabar

ओखलढुङ्गा, वैशाख १७ । चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो चट्याङ लागेर खिजिडेम्बा गाउँपालिका–२ की ५७ वर्षीया देवमाया बुढाथोकी गम्भीर घाइते भएकी छन् । उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

बुढाथोकीको घरभित्रै चट्याङ लागेर मृत्यु भएको हो । थप उपचारका लागि रामेछापको मन्थली अस्पताल लैजाँदै गर्दा आज बिहान मृत्यु भएको हो । वैशाख महिनामा ओखलढुंगामा चट्याङ लागेर दुई जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 April 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने