इरान र सिरियाद्वारा विभिन्न क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्न विस्तृत समझदारी पत्रमा हस्ताक्षर

इरान र सिरियाद्वारा विभिन्न क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्न विस्तृत समझदारी पत्रमा हस्ताक्षर : Icon Khabar
फाईल तस्बिर

तेहरान, बैशाख १५ । (सिन्ह्वा) इरान र सिरियाले बिहीबार विभिन्न क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्न एक विस्तृत समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

सिरियाको राजधानी दमास्कसमा आयोजित एक समारोहमा दुई देशको संयुक्त आर्थिक आयोगका सह-अध्यक्षका रूपमा इरानका सडक तथा शहरी विकास मन्त्री मेहरदाद बजरपाश र सिरियाली अर्थतन्त्र तथा वैदेशिक व्यापारमन्त्री मोहम्मद समेर अल खलिलले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रमको छेउमा पत्रकारहरूसँग कुरा गर्दै, बज्रपाशले खलिलका साथै सिरियाली यातायात मन्त्री जोहेर खाजिम, प्रधानमन्त्री हुसेन अर्नोस र राष्ट्रपति बसर अल-असदसँगको भेटका सकारात्मक नतिजाहरूको प्रशंसा गरे।

बजरपाशले सिरियाली अधिकारीहरूसँगको भेटमा दुवै पक्षले द्विपक्षीय आर्थिक सम्बन्धको विकासलाई तीव्रता दिने वाचा गरेको बताए।

इरानी मन्त्रीले दुवै देशले ऊर्जा र तेल क्षेत्रमा लगानीका लागि सम्झौता र कार्यान्वयनका लागि संयुक्त प्राविधिक कार्य समूह गठन गरी ऊर्जा क्षेत्रमा सहयोग विस्तार गर्न सहमत भएको बताए ।

पर्यटन, हवाई, सामुद्रिक तथा रेलमार्ग यातायात, सांस्कृतिक सहयोग, व्यापार महसुल घटाउने, सिरियाको तेल तथा ग्यास क्षेत्रमा लगानी, बैंकिङ तथा बीमा सम्बन्ध सुधार गर्नेलगायतका क्षेत्रमा पनि अन्य सम्झौता भएको उनले बताए ।

सिरियासँगको इरानको आर्थिक सम्बन्ध सुधार गर्ने उद्देश्यले उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बज्रपाश मंगलबार सिरिया पुगेका हुन् ।

Published Date: 28 April 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै