दोहोरो अङ्कले नेप्से परिसूचकमा वृद्धि

दोहोरो अङ्कले नेप्से परिसूचकमा वृद्धि : Icon Khabar

काठमाडौं, पुस १७। नेप्से परिसूचक शेयर कारोबार मापक आइतबार दोहोरो अङ्कले उकालो लागेको छ। नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव शून्य दुईमा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको भने शेयर मूल्यमा वृद्धि भएको छ।

कारोबार भएका कूल कम्पनीमध्ये एक सय २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ। त्यस्तै ८७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन। कूल एक करोड आठ लाख ८० हजार नौ सय चार कित्ता शेयर रु चार अर्ब चार करोड ८८ लाख ७९ हजार पाँच सय १० मूल्यमा खरिद बिक्री भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2023
Website | + posts