दोहोरो अङ्कले नेप्से परिसूचकमा वृद्धि

दोहोरो अङ्कले नेप्से परिसूचकमा वृद्धि : Icon Khabar

काठमाडौं, पुस १७। नेप्से परिसूचक शेयर कारोबार मापक आइतबार दोहोरो अङ्कले उकालो लागेको छ। नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव शून्य दुईमा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको भने शेयर मूल्यमा वृद्धि भएको छ।

कारोबार भएका कूल कम्पनीमध्ये एक सय २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ। त्यस्तै ८७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन। कूल एक करोड आठ लाख ८० हजार नौ सय चार कित्ता शेयर रु चार अर्ब चार करोड ८८ लाख ७९ हजार पाँच सय १० मूल्यमा खरिद बिक्री भए।

Published Date: 01 January 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता