क्युवाली राजदूत अलेजान्ड्रो सिमानकास मारिनद्वारा ख्वप अस्पताल अवलोकन

क्युवाली राजदूत अलेजान्ड्रो सिमानकास मारिनद्वारा ख्वप अस्पताल अवलोकन : Icon Khabar

भक्तपुर , वैशाख ११ । नेपालका लागि क्युवाली राजदूत अलेजान्ड्रो सिमानकास मारिनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको सोमबार स्थलगत अवलोकन गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजदूत मारिनलाई खादा र भादगाउँले टोपी लगाइ सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गरेका थिए ।

भक्तपुर भ्रमणमा आएका राजदूत मारिन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच भेटमा दुई देशका जनताबीचको आपसी सम्बन्धबारे समेत छलफल भएको जनाएको छ ।

भेटमा राजदूत मारिनले भक्तपुर अवलोकन गर्न पाएकोमा निकै हर्षित भएको बताउँदै भक्तपुर नपाले गरिरहेको काम प्रशंसनीय रहेको पनि बताए । उनले स्वास्थ्यको क्षेत्रमा नेपाललाई केही सहयोग गर्न सक्ने पनि सो अवसरमा बताए ।

उनले क्युवाको स्वास्थ्य सेवा समाजवादको मुख्य खम्बाको रुपमा अगाडि बढाउँदै सीमित स्रोतसाधनमा पनि क्युवाली नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताए ।

भेटमा नगर प्रमुख प्रजापतिले नेपाल र क्युवा भौगोलिक रुपमा निकै टाढा रहे पनि नेपाली जनता र क्युवाली जनता समाजवादी विचारले निकै नजिक रहेको बताए ।

२०७२ सालको भूकम्पमा क्युवाले नेपाल र नेपाली जनतालाई गरेको सहयोगप्रति आभार प्रकट गर्दै प्रमुख प्रजापतिले आगामी दिनहरुमा पनि दुई देशबीचको सम्बन्ध अझ बलियो र मजबुट हुनेमा विश्वास व्यक्त गरे ।

‘हामी समाजवादी क्युवाबाट सिक्न चाहन्छौं’ – प्रमुख प्रजापतिले भने ।

प्रमुख प्रजापतिले समाजवादी देश क्युवाको स्वास्थ्य नीतिबाट सिक्दै भक्तपुर नपाले आफ्नो क्षमताअनुसार घरदैलो नर्सिङ सेवा, वडा वडामा स्वास्थ्य केन्द्र सञ्चालन तथा १०० शैय्याको अस्पताल सञ्चालन गरी जनतालाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताए ।

क्युवाली समाजवादबाट सिक्दै भक्तपुर नपाले समाजवादउन्मुख कामहरु गर्दै जनताको सेवा गर्दै आइरहेको बताउँदै उनले भक्तपुर नपाले ख्वप अस्पताल सञ्चालनबाट गरिब जनताको सेवा गर्ने मुख्य उद्देश्य रहेको पनि बताए ।

भेटमा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँ, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्ल, डा. अमर प्रजापति, अस्पताल व्यवस्थापक विश्वजित प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 April 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला