खेल रद्ध भएसँगै नेपाल सेमिफाइनलमा

खेल रद्ध भएसँगै नेपाल सेमिफाइनलमा : Icon Khabar

काठमाडौँ, वैशाख ११ । एसिसी प्रिमियर कपमा साउदी अरेवियासँगको खेल वर्षाको कारण रद्ध भएसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि दुबै टोलीले १ –१ अंक बाँडेका छन् ।

योसँगै नेपाल ३ खेलमा २ मा जित र १ मा अंकबाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । खेल नुहने भएपछि दुबै टोली हात मिलाउँदै खेल रद्ध भएको जनाएका छन् ।

आजको खेलमा साउदी र नेपालले अंक बाँडेपछि समूह ए बाट कतार र मलेसिया औपचारिक रुपमा बाहिरिएका छन् । ओमान र साउदी अरेवियाबीच बुधबार हुने खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । साउदी र ओमानबीचको उक्त खेल क्वाटरफाइनल सहर हुनेछ ।

नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग टियुमा खेल्नेछ । नेपाल विजयी भएमा समूह विजेता बन्नेछ । पराजित भएमा भने समूह विजेता वा उपविजेता हुने अन्य टोलीको नतिजामा निर्भर रहनेछ । साउदी ३ खेलमा १ मा जित, १ मा हार र एक खेलमा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ एक खेल अगावै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 April 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला