रातो मच्छिन्द्रनाथको रथ तान्न सुरू

रातो मच्छिन्द्रनाथको रथ तान्न सुरू : Icon Khabar

ललितपुर, वैशाख ११ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ।

दुई सातादेखि रथ निर्माण थाली विभिन्न प्रक्रिया र धार्मिक विधिसँगै क्षमापूजा गर्ने र रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन गाई दान गरिने गरिने परम्परा छ । त्यसको भोलिपल्ट (वा कहिले काहि तिथिको कारण त्यही दिन) साईत अनुसार अपरान्हमा पाटनको आठ टोलबासीले रथ तानेर गावाहालतिर तानिन्छ। रथ तान्ने शुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ ।

सोहि अनुसार आज ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथ तानिएको छ। पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ।

पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असारशुक्ल चौथीमा समाप्त हुन्छ।

Published Date: 24 April 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक