लक्ष्मी बैंकद्वारा ’नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति कोष’ को स्थापना

लक्ष्मी बैंकद्वारा ’नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति कोष’ को स्थापना : Icon Khabar

काठमाडौँ, वैशाख ११ । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोष बिच रू. २५ लाखको ’नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ । साथै बैंकले आगामी पाँच वर्षसम्म रू ७ लाख ५० हजार बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।

सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा बैंकको तर्फबाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीको तर्फ बाट नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका हुन् ।

सो छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत अमर÷सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने छ ।

छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने छ भने लक्ष्मी बैंकले आर्थिक सहयोग प्रदान गर्नेछ । यस पहलले लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियानलाई अझ विस्तार गर्नुका साथै योग्य छात्राहरुलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने कुरामा बैंक विश्वस्त छ ।

Published Date: 24 April 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न