भक्तपुरको यातायात व्यवस्था कार्यालयमा आजबाट बिहानी सेवा सुरू

भक्तपुरको यातायात व्यवस्था कार्यालयमा आजबाट बिहानी सेवा सुरू : Icon Khabar

भक्तपुर, वैशाख १० । भक्तपुरको राधेराधेमा अवस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजे बाट नै सेवा शुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समय भन्दा अतिरिक्त डेढ घण्टा अघिबाटै यातायात व्यवस्था कार्यालयले सेवा शुरु गरेको हो ।

आइतवार बागमती प्रदेश सरकारका मुख्य सचिव मुकुन्द प्रसाद निरौलाले बिहानी सेवाको उद्घाटन गरेका हुन् । सवारी चालक अनुमती पत्रको लिखित परीक्षा सेवा बिहान ७ बजेबाटै संचालन गर्ने र अन्य पाँच प्रकारका सेवा बिहान ८:३० बजेबाट शुरु गर्ने गरी बिहानी सेवाको उद्घाटन गरिएको हो ।

मुख्य सचिव र कार्यालय प्रमुख शिवकुमार निरौलाले बिभिन्न सेवा लिन आएका पहिलो सेवाग्राहीहरुलाई कार्यालयमा माला र टिकाले स्वागत गर्दै बिहानी सेवा शुभारम्भ भएको घोषणा गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले अतिरिक्त तलबसुविधा बिना नै बिहानी सेवा शुरु गरेकामा कार्यालय प्रमुख र कर्मचारीहरुको प्रशंसा गरे ।

आफूहरुको निर्देशन बिना नै स्व: स्फूर्त रुपले कार्यालय समय बढाएकोमा बधाई दिँदै मुख्य सचिव निरौलाले यसको सिको अरु कार्यालयले पनि गर्ने बिश्वास व्यक्त गरे । ”मातहतका कार्यालयले पनि मन्त्रालयलाई सिकाउन सक्ने कुरा सावित गरिदिनुभयो,” उनले भने ।

उक्त अवसरमा कार्यालय प्रमुख शिवकुमार निरौलाले यातायात कार्यालय प्रति सेवाग्राहीको सकारात्मक भावना नभएको र बिना पैसा काम नहुने भ्रम कायम रहेको प्रति दुख व्यक्त गरेका थिए । निरौलाले बिहानी सेवाले कामको चापलाई घटाउने र घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता हट्ने जानकारी गराए ।

सेवाग्राहीलाई छिटोछरितो सेवा दिन तथा कार्यालय र राज्यप्रति सकारात्मक बनाउन आफूहरुले बिहानी सेवा शुरु गरेको उनले बताए । कार्यालयमा बिचौलियालाई निषेध गरिएको पनि उनले जानकारी गराए ।

बिहानी सेवा शुरु गर्ने भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालय(सवारी चालक अनुमती पत्र) प्रदेशमै पहिलो कार्यालय भएको छ । यसले आफूहरुलाई पनि सेवा समय बढाउँन दबाब र प्रेरणा प्राप्त भएको कार्यक्रममा उपस्थित यातायात व्यवस्था कार्यालय चावहिलका कार्यालय प्रमुख विष्णु प्रसाद भट्टराईले प्रतिक्रिया दिएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ ले सेवाग्राहीको सुविधाका लागि आफ्नो असुविधाको पर्वाह नगरी बिहानैबाट कार्यालयमा आएर सेवा गर्ने प्रतिवद्धता प्रशंसनीय रहेको कुरा ब्यक्त गरे।

बिहानी सेवाका लागि १७ जना कर्मचारी व्यवस्थापन गरिएको कार्यालयका सूचना अधिकारी गोविन्दराज सिवाकोटीले जनाएका छन् । करिब ४० जना कर्मचारी कार्यरत भक्तपुरको राधेराधेस्थित कार्यालयले नयाँ सवारी चालक अनुमती पत्रका लागि मात्र दैनिक ७ सय पचास सहित अन्य सेवामा गरी दैनिक करिब ३ हजार सेवाग्राहीलाई सेवा दिँदै आएको सिवाकोटीले जानकारी गराएका छन् ।

Published Date: 23 April 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता