भक्तपुरको यातायात व्यवस्था कार्यालयमा आजबाट बिहानी सेवा सुरू

भक्तपुरको यातायात व्यवस्था कार्यालयमा आजबाट बिहानी सेवा सुरू : Icon Khabar

भक्तपुर, वैशाख १० । भक्तपुरको राधेराधेमा अवस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजे बाट नै सेवा शुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समय भन्दा अतिरिक्त डेढ घण्टा अघिबाटै यातायात व्यवस्था कार्यालयले सेवा शुरु गरेको हो ।

आइतवार बागमती प्रदेश सरकारका मुख्य सचिव मुकुन्द प्रसाद निरौलाले बिहानी सेवाको उद्घाटन गरेका हुन् । सवारी चालक अनुमती पत्रको लिखित परीक्षा सेवा बिहान ७ बजेबाटै संचालन गर्ने र अन्य पाँच प्रकारका सेवा बिहान ८:३० बजेबाट शुरु गर्ने गरी बिहानी सेवाको उद्घाटन गरिएको हो ।

मुख्य सचिव र कार्यालय प्रमुख शिवकुमार निरौलाले बिभिन्न सेवा लिन आएका पहिलो सेवाग्राहीहरुलाई कार्यालयमा माला र टिकाले स्वागत गर्दै बिहानी सेवा शुभारम्भ भएको घोषणा गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले अतिरिक्त तलबसुविधा बिना नै बिहानी सेवा शुरु गरेकामा कार्यालय प्रमुख र कर्मचारीहरुको प्रशंसा गरे ।

आफूहरुको निर्देशन बिना नै स्व: स्फूर्त रुपले कार्यालय समय बढाएकोमा बधाई दिँदै मुख्य सचिव निरौलाले यसको सिको अरु कार्यालयले पनि गर्ने बिश्वास व्यक्त गरे । ”मातहतका कार्यालयले पनि मन्त्रालयलाई सिकाउन सक्ने कुरा सावित गरिदिनुभयो,” उनले भने ।

उक्त अवसरमा कार्यालय प्रमुख शिवकुमार निरौलाले यातायात कार्यालय प्रति सेवाग्राहीको सकारात्मक भावना नभएको र बिना पैसा काम नहुने भ्रम कायम रहेको प्रति दुख व्यक्त गरेका थिए । निरौलाले बिहानी सेवाले कामको चापलाई घटाउने र घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता हट्ने जानकारी गराए ।

सेवाग्राहीलाई छिटोछरितो सेवा दिन तथा कार्यालय र राज्यप्रति सकारात्मक बनाउन आफूहरुले बिहानी सेवा शुरु गरेको उनले बताए । कार्यालयमा बिचौलियालाई निषेध गरिएको पनि उनले जानकारी गराए ।

बिहानी सेवा शुरु गर्ने भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालय(सवारी चालक अनुमती पत्र) प्रदेशमै पहिलो कार्यालय भएको छ । यसले आफूहरुलाई पनि सेवा समय बढाउँन दबाब र प्रेरणा प्राप्त भएको कार्यक्रममा उपस्थित यातायात व्यवस्था कार्यालय चावहिलका कार्यालय प्रमुख विष्णु प्रसाद भट्टराईले प्रतिक्रिया दिएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ ले सेवाग्राहीको सुविधाका लागि आफ्नो असुविधाको पर्वाह नगरी बिहानैबाट कार्यालयमा आएर सेवा गर्ने प्रतिवद्धता प्रशंसनीय रहेको कुरा ब्यक्त गरे।

बिहानी सेवाका लागि १७ जना कर्मचारी व्यवस्थापन गरिएको कार्यालयका सूचना अधिकारी गोविन्दराज सिवाकोटीले जनाएका छन् । करिब ४० जना कर्मचारी कार्यरत भक्तपुरको राधेराधेस्थित कार्यालयले नयाँ सवारी चालक अनुमती पत्रका लागि मात्र दैनिक ७ सय पचास सहित अन्य सेवामा गरी दैनिक करिब ३ हजार सेवाग्राहीलाई सेवा दिँदै आएको सिवाकोटीले जानकारी गराएका छन् ।

Published Date: 23 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक